Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ब्राउनसुगरसहित एक भारतीय पक्राउ

    ब्राउनसुगरसहित एक भारतीय पक्राउ


    • आइतवार, कार्तिक १६ २०७७

    • नेपाल वाइड


    ब्राउनसुगरसहित एक भारतीय पक्राउ
    प्रतिकात्मक तस्बिर

          झापा । झापाको मेचीनगर ६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीयलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।   

         आलम भारतबाट नेपालतर्फ अवैध रूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । रासस 

    सम्बन्धित समाचार