Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी

    फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी


    • आइतवार, कार्तिक १६ २०७७

    • नेपाल वाइड


    फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी

            फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी आएको छ । २२५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको 'टाइफुन गोनी'ले भयानक आँधी र अत्यधिक वर्षा गराएको  छ। 

         हालसम्म चारजनाको मृत्यु भइसकेको सूचना प्राप्त भएको बीबीसीले जनाएको छ । घरहरु भत्किएका छन् भने सडकहरुमा बाढी पसेको छ ।स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे उक्त आँधि काटानड्युनेस टापुमा आएको हो । यस साताको अन्तिमतिर लुजोन टापुबाट बाहिरिने बताइएको छ । 

            सन् २०१३ पछिकै सबैभन्दा शक्तिशाली आँधीको रुपमा गोनी टाइफुनलाई लिइन्छ । सन् २०१३ मा हइयान टाइफूनले ६ हजार मानिसहरुको मृत्यु भएको छ । त्यस क्षेत्रमा अहिले सम्पर्क हुन सकेको छैन । बीबीसी

    सम्बन्धित समाचार