Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ

    हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ


    • मंगलवार, कार्तिक १८ २०७७

    • नेपाल वाइड


    हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ
    फायल तस्बिर

            काठमाडौं । अवैध कारोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ पनि बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

           काठमाडौँको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित सोमबार बेलुका झापाका बिकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरिएको हो ।

        उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको छ ।

       उनीहरूले गैरकानुनी मानिएको हुण्डीको कारोबार गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआईजी सहकुल थापाले बताए । नेपालमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ ।

    सम्बन्धित समाचार