Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    असमान कानुनीअधिकार अन्त्य गरिन्

    अन्‍ना चाण्डी बनिन् भारतमा उच्च अदालतकी प्रथम महिला न्यायाधीश

    अन्‍ना चाण्डी बनिन् भारतमा उच्च अदालतकी प्रथम महिला न्यायाधीश


    • मंगलवार, कार्तिक १८ २०७७

    • नेपाल वाइड


    अन्‍ना चाण्डी बनिन् भारतमा उच्च अदालतकी प्रथम महिला न्यायाधीश
    फायल तस्बिर

           भारतको त्रावणकोर राज्यमा महिलाहरुलाई सरकारी जागिरमा आरक्षण मिल्नु हुन्छ वा हुँदैन भन्‍ने विषयमा सन् १९२८ मा चर्को बहस भएको थियो । यस मुद्दामा सबैका आ-आफ्नै तर्क थिए ।

          त्रिवेंद्रम सभामा पनि यही मुद्दामा चर्चा चलिरहेको थियो । सभामा राज्यका प्रख्यात विद्वान टी.के.वेल्लु पिल्लई विवाहित महिलालाई सरकारी जागिर दिने विरोधमा भाषण दिइरहेका थिए । उनी भन्दै थिए, “सरकारी जागिरले महिलाहरुको वैवाहिक जीवनको जिम्मेवारीमा बाधा पुर्‍याउँछ, धनसम्पत्तिले परिवारलाई बाँध्‍नेछ र पुरुषहरुको आत्मसम्मानमा चोट पुग्‍नेछ ।”

         त्यही समय २४ वर्षीया अन्‍ना चाण्डी मञ्‍चमा चढिन् र सरकारी जागिरमा महिलाहरुलाई आरक्षण दिने पक्षमा एक-एक गर्दै तर्कहरु राख्‍न थालिन् । त्यो बहस कुनै मञ्‍चमा नभई अदालतमा भइरहेको जस्तो थियो । अधिवक्ता (वकालत) पढिसकेकी अन्‍नाले आफ्नो तर्क प्रस्तुत गर्दै भनिन्, “यो याचिकाबाट स्पष्ट हुन्छ कि याचिकाकर्ता मान्छन् कि महिलाहरु केवल पुरुषहरुका लागि घरेलु सुखका साधन हुन् र यही आधारमा महिलाहरुलाई जागिर खोज्‍ने कुरामा प्रतिबन्ध लगाउन चाहन्छन् । किनभने उनका अनुसार, यदि उनी (महिला) भान्साबाट बाहिर गइन् भने यसले पारिवारिक सुख कम गर्छ ।”

          यसका साथै यस जागिरमा अविवाहित महिलाले अवसर पाउनुपर्ने हो कि विवाहितले भन्‍ने विषयमा पनि मानिसहरु विभाजित थिए । यस विषयमा पनि आफ्नो बलियो तर्क स्वरुप महिलाले पनि कमाउन थाल्यो भने परिवारलाई संकटको समयमा मद्दत पुग्‍ने र यदि अविवाहित महिलाले मात्रै रोजगारी पायो भने विवाह गर्न महिलाहरुले रुचि नदेखाउने भन्दै दुवैले पाउनुपर्ने कुरामा उनले जोड दिइन् ।

        केरलाकी इतिहासकार तथा लेखिका जे देविका भन्छिन्- ‘‘अन्‍ना चाण्डी यो सभामा भाग लिन भनेर कोट्टमबाट त्रिवेंद्रम पुगेकी थिइन् र उनले उक्त सभामा प्रस्तुत गरेको भाषणकै कारण महिला आरक्षणको मागको मुद्दाले राज्यमा बलियो स्थान पायो । त्यसपछि अखबारहरुमार्फत यो बहस लामो समय चल्यो ।’’ महिला आरक्षणको माग गर्ने मलयाली महिलाहरुमध्ये अन्‍ना चाण्डी अग्रणी मानिन्छिन् । बीबीसी ।

    सम्बन्धित समाचार