Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सडक मर्मत गर्दै वडा कार्यालय

    सडक मर्मत गर्दै वडा कार्यालय


    • बुधवार, कार्तिक २६ २०७७

    • नेपाल वाइड


    सडक मर्मत गर्दै वडा कार्यालय
    वडा कार्यालय बासपानीले मर्मत गरेको सडक

          खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीमा सडक मर्मत सुरु गरिएको छ । वडा कार्यालय बासपानीले वर्षाका कारण खाल्डाखुल्डी भएका, पहिरो गएका तथा ट्याक्टरका कारण बिग्रेका सडक मर्मत सुरु गरेको हो ।

           वडा कार्यालयमार्फत बाक्सिला–ढोकाडाँडा हुँदै खार्ताम्छा जोड्ने शहिद मार्ग, बफ्लेबाट खार्ताम्छा पुग्ने आर्यन सडक, बाक्सिलाबाट खार्ताम्छा जोड्ने लगायतका सडक मर्मत सुरु गरिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।

          वर्षाका कारण अवरुद्ध सडकलाई वडा कार्यालयबाट बिनियोजित २ लाख रकमबाट मर्मत सुरु गरिएको हो । कच्ची सडक पुगेका टोलमा हिउँदमा सवारी साधन सञ्चालन गर्न सकिनेगरी उपभोक्ता समितिमार्फत सडक मर्मत सुरु गरिएको वडाध्यक्ष गुरुङले बताए । वर्षाका कारण बिग्रेभत्केका सडक जेसिभि लगाएर कात्तिक १८ गतेदेखि मर्मत सुरु गरिएको हो । सडक मर्मतको काम केही दिनभित्र पुरा हुने वडा कार्यालयले जनाएको छ ।

         बासपानीका प्रायः सवै टोलमा कच्ची सडक पुगेको छ । ‘वर्षा याममा पहिरोले बिग्रिएका, खाल्डाखुल्डी भएका र ट्याक्टरले बिगारेका सडक मर्मत सुरु गरिएको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘कम्तीमा भएका सडकमा सवारी साधन सञ्चालन होस्, सवारी साधनमार्फत नै टोलमा पुग्ने वातावरण होस् भन्ने हाम्रो लक्ष्य हो ।’

    सम्बन्धित समाचार