Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागी पिडितलाई आर्थिक सहयोग

    आगलागी पिडितलाई आर्थिक सहयोग


    • बुधवार, कार्तिक २६ २०७७

    • नेपाल वाइड


    आगलागी पिडितलाई आर्थिक सहयोग
    अग्नी पिडित परिवारलाई राहत प्रदान गर्दै जन्तेढुंगा गाउँपालिकाकी उपाध्यक्ष बिमला राई

            खोटाङ । कात्तिक २६, खोटाङ प्राकृतिक सहयोग कोषले आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते राती भएको आगलागीमा करिब १० लाख बराबरको धन सम्पत्ती गुमाएका जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका बिश्वराम मगरलाई कोषले राहत स्वरुप १० हजार सहयोग गरेको हो ।

        अग्नी पिडित परिवारलाई जन्तेढुंगा गाउँपालिकाकी उपाध्यक्ष बिमला राई र युवा नेता जगत किरातीमार्फत राहत सहयोग प्रदान गरिएको खोटाङ प्राकृतिक सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।

         रातको २ बजे गोठबाट सल्किएको आगोले मगरको घर सहित एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाईते भएका थिए । आगोमा जलेका भैंसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको थियो ।

        घर जलेपछि मगरका ९ जनाको परिवार हाल अर्को फगतपुरमा रहेको आफ्नै घरमा बसिरहेका छन् । प्राकृतिक विपत्तीमा राहत प्रदान गर्दैआएको खोटाङ प्राकृतिक सहयोग कोषले चालु आर्थिक वर्ष १२ परिवारलाई राहत प्रदान गरिसकेको जनाएको छ ।

     

    सम्बन्धित समाचार