बुधवार, कार्तिक २६ २०७७
नेपाल वाइड
खोटाङ । कात्तिक २६, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले अटो रिक्सा दुर्घटनामा गम्भीर घाईते भएका बालकको उपचारका लागि आर्थिक सहयोग गरेकी छन् । कात्तिक २२ गते भएको अटो दुर्घटनामा गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीका ७ वर्षीय रुपेश राईको उपचारका लागि उपमेयर राईले १० हजार सहयोग गरेकी हुन् ।
दुर्घट्ना लगत्तै हेलीकोप्टर चार्टर गरेर शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएका बालकको उपचारका लागि सहयोग जुटाउने अभियान सञ्चालन भइरहेको अवस्थामा उपमेयर राईले आमा ममता राईलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेकी छन् । घाईते वालकको सफल उचारका लागि हातेमालो एबं शान्त्वनाका लागि उपमेयर राईले सहयोग गरेकी हुन् ।
जयराजघाट–दिक्तेल सडक खण्डको महादेवस्थानमा पर्ने ऐसेलुखर्कस्थित पिलोते भिरमा स १ ह ३५१८ नम्बरको अटोरिक्सा दुर्घट्नामा रुपेश गम्भीर घाईते भएका हुन् । सडकमा गुल्टिँदा उनको दायाँतर्फको टाउकासम्मकै गाला तछारिएको छ । १ लाख ५० हजारमा चाटर्ड गरिएको हेलीकोप्टरमार्फत न्युरो अस्पताल, सर्जरी अस्पताल कीर्तिपुर हुँदै शिक्षण अस्पताल महाराजगन्जमा पुर्याइएका रुपेशको माइनर अपरेसन सफल भएको आफन्त एबं शिक्षक नवीन चाम्लिङले बताए ।
रुपेश परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले फेसबुकमार्फत ‘रुपेश बचाउ’ अभियान सुरु गरेको थियो । हालसम्म ३ लाख १० हजारभन्दा बढि सहयोग रकम जुटिसकेको अभियानमा सहभागी शिक्षक चाम्लिङले बताए । त्यसमध्ये करिब १ लाख ५० हजार रकम घाईतेलाई हस्तान्तरण भइसकेको छ ।
प्रतिवद्धता गरेका दाताले रकम उपलव्ध गराएपछि केही दिनभित्र सहयोग रकम हस्तान्तरण गरिने अभियानकर्मीले बताएका छन् । ज्याला मजदुरीबाट जिवीका चलाउँदै आएका राई परिवारले उपचार सहयोगका लागि अपिल गरेपछि सहयोग अभियान थालिएको हो ।
घाईते बालकलाई सहयोग गर्न इच्छुक व्यक्तीले हलेसीका नविन चाम्लिङ, यविन्द्र राई, हामस राई र हाल काठ्माण्डौंमा रहेका चन्द्र राईलाई क्रमशः ९८४९३०४०३८, ९८४२९४४३०१, ९८४२९४४३०० र ९८५१२७९२२२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।