Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अग्नी पिडितलाई जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग

    अग्नी पिडितलाई जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग


    • शुक्रवार, कार्तिक २८ २०७७

    • नेपाल वाइड


    अग्नी पिडितलाई  जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग
    अग्नी पिडित परिवारलाई राहत प्रदान गर्दै जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राई

           खोटाङ । कात्तिक २८, खोटाङको जन्तेढुंगा गाउँपालिकाले अग्नी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते भएको आगलागीमा करिब १० लाख बराबरको धन सम्पत्ती गुमाएका जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका बिश्वराम मगरलाई गाउँपालिकाले राहत स्वरुप २५ हजार आर्थिक सहयोग गरेको हो ।

          अग्नी पिडित परिवारलाई शुक्रबार गाउँपालिकामै बोलाएर राहत रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए । अग्नी पिडितको सहज जीवन–यापनमा सहयोग पुर्‍याउनका लागि गाउँपालिकाले राहत रकम प्रदान गरेको हो ।

         अग्नी पिडितलाई गाउँपालिका अध्यक्ष राईले रकम हस्तान्तरण गरेका छन् । अग्नी पिडित परिवारलाई केही दिनअघि मात्र खोटाङ प्राकृतिक सहयोग कोषले राहत स्वरुप १० हजार प्रदान गरेको थियो ।

         रातको २ बजे गोठबाट सल्किएको आगोले मगरको घर सहित एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाईते भएका थिए । आगोमा जलेका भैंसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको थियो ।

         घर जलेपछि मगरका ९ जनाको परिवार हाल फगतपुरमा रहेको अर्को आफ्नै घरमा बसिरहेका छन् ।

     

    सम्बन्धित समाचार