Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अटो दुर्घटनामा गम्भीर घाईते बनेका रुपेशको उपचारार्थ ६ लाख ८७ हजार ५४ रुपैयाँ संकलन

    अटो दुर्घटनामा गम्भीर घाईते बनेका रुपेशको उपचारार्थ ६ लाख ८७ हजार ५४ रुपैयाँ संकलन


    • शुक्रवार, कार्तिक २८ २०७७

    • नेपाल वाइड


    अटो दुर्घटनामा गम्भीर घाईते बनेका रुपेशको उपचारार्थ ६ लाख ८७ हजार ५४ रुपैयाँ संकलन
    अटो दुर्घटनामा गम्भीर घाईते भएका रुपेशका परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै वडाध्यक्ष चइन्द्र राईलगायत

           खोटाङ । कात्तिक २७, अटोरिक्सा दुर्घट्नामा गम्भीर घाईते भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीका ७ वर्षीय रुपेश राईको उपचारका लागि ६ लाखभन्दा बढि उपचार खर्च जुटेको छ ।

          गत कात्तिक २२ गते स १ ह ३५१८ नम्बरको अटोरिक्सा दुर्घट्ना हुँदा गम्भीर घाईते भएपछि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पुर्‍याइएका रुपेशको उपचारार्थ ६ लाख ८७ हजार ५४ रुपैयाँ संकलन भएको हो ।

          स्वदेश तथा विदेशका दाताबाट संकलन गरिएको सहयोग रकम शुक्रबार घाईतेकी आमा ममता राईलाई घरैमा पुगेर हस्तान्तरण गरिएको ‘रुपेश राई बचाउ अभियान’का अभियानकर्मी नविन चाम्लिङले बताए ।

         उपचारका लागि जुटेको रकम महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, वडासदस्य डिल्ली चाम्लिङ, स्थानीय अगुवा हर्कराज राई र कमानसिं राईले घाईतेका परिवारलाई हस्तान्तरण गरेका हुन् । जयराजघाट–दिक्तेल सडक खण्डको महादेवस्थानमा पर्ने ऐसेलुखर्कस्थित पिलोते भिरमा भएको अटोरिक्सा दुर्घट्नामा रुपेश गम्भीर घाईते भएका थिए ।

         अटो दुर्घटनाकाक्रममा सडकमा गुल्टिँदा रुपेशको दायाँतर्फको टाउकादेखि गालासम्मको भाग तछारिएको छ । १ लाख ५० हजारमा चार्टर गरिएको हेलीकोप्टरमार्फत न्युरो अस्पताल, सर्जरी अस्पताल कीर्तिपुर हुँदै शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याइएका रुपेशको उपचार जारी छ ।
    रुपेश परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले फेसबुकमार्फत ‘रुपेश राई बचाउ अभियान’ सुरु गरेका थिए ।

         घाईते रुपेशको उपचारका लागि फेसबुकमार्फत सहयोगका लागि आव्हान गरेको ५ मिनेटमै हलेसी तुवाचुङ नगरपालिकाकी उपमेर बिमला राईले घरैमा पुगेर १० हजार सहयोग गरेर अभियानको शुभारम्भ गरेको शिक्षक रहेका अभियान्ता चाम्लिङले बताए । संस्थागतरुपमा होलेसुङ समुहले पनि १६ हजार प्रदान गरेको थियो ।

        ज्याला मजदुरीबाट जिवीका चलाउँदै आएका राई परिवारले उपचार सहयोगका लागि अपिल गरेपछि थालिएको सहयोग अभियान तत्कालका लागि स्थगित गरिएको छ । रुपेशको उपचारका लागि पुग्ने मात्रामा सहयोग रकम संकलन भएपछि अभियान स्थगित गरिएको चाम्लिङले बताए । ‘रुपेश राई बचाउ अभियान’का अभियानकर्मीले घाईते बालकको उपचारका लागि सहयोग गर्ने सवै दाताप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

     

    सम्बन्धित समाचार