Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चितुवाको छाला र अफिमसहित दुई युवा पक्राउ

    चितुवाको छाला र अफिमसहित दुई युवा पक्राउ


    • शुक्रवार, कार्तिक २८ २०७७

    • नेपाल वाइड


    चितुवाको छाला र अफिमसहित दुई युवा पक्राउ
    प्रतिकात्मक तस्बिर

            दाङ । दाङको घोराहीबाट एउटा चितुवाको छाला र साढे ३ केजी बढी अफिमसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२, हापुरका २६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका ५ का २७ वर्षीय धनसिंह टमाटा छन् ।

          पक्राउ परेका युवाहरुको साथबाट ६ फिट ११ इन्च लामो चितुवाको छाला र ३ किलो ७५० ग्राम अफिम बरामद भएको छ । गोप्य सूचनाका आधारमा उनीहरुलाई घोराही ८ बनगाउँबाट पक्राउ गरिएको एसपी गणेश चन्दले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित समाचार