Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चुनावमा हार स्वीकार नगरेका ट्रम्पद्धारा नयाँ सरकार आउन सक्ने संकेत

    चुनावमा हार स्वीकार नगरेका ट्रम्पद्धारा नयाँ सरकार आउन सक्ने संकेत


    • शनिवार, कार्तिक २९ २०७७

    • नेपाल वाइड


    चुनावमा हार स्वीकार नगरेका ट्रम्पद्धारा नयाँ सरकार आउन सक्ने संकेत
    फायल तस्बिर

          राष्ट्रपतीय चुनावमा हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकार आउन सक्ने संकेत गरेका छन् । चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले जनअरीमा नयाँ सरकार आउन सक्ने पहिलो पटक संकेत दिएका हुन् ।

          कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको प्रेस ब्रिफिङमा बोल्दै ट्रम्पले भने, ‘यो प्रशासन लकडाउनमा जाने छैन । भविष्यमा त जे पनि होला । कसलाई के थाहा कुन सरकार हुन्छ । समयले नै बताउला ।’ 

         तर उनले बाइडनको नाम भने लिएनन्। कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको उनले आरोप लगाउँदै आएका छन् । उनलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव भने बढिरहेको छ ।

    सो क्रममा उनले कोरोना भाइरसको महामारीविरुद्धको कार्यक्रम ‘अपरेशन र्‍याप स्पीड’ सफल भएको दाबी गरे ।

    सम्बन्धित समाचार