Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ब्रिक्सको १२ औं शिखर सम्मेलन सुरु

    ब्रिक्सको १२ औं शिखर सम्मेलन सुरु


    • मंगलवार, मंसिर २ २०७७

    • नेपाल वाइड


    ब्रिक्सको १२ औं शिखर सम्मेलन सुरु

            काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका मुलुकहरुको संगठन (ब्रिक्स)को १२ औं शिखर सम्मेलन सुरु भएको छ । कोरोना महामारीका कारण अनलाइनबाट उक्त सम्मेलन गरिएको हो । 

         ब्रिक्सको अध्यक्षता गरिरहेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै सम्मेलन सुरु गरिएको हो । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले ब्रिक्सको अवधारणा महत्वपूर्ण मात्र नभई दुरदर्शी पनि रहेको बताए ।

        त्यस्तै चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सम्मेलनलाई सम्बोधन गर्दै विश्वव्यापीकरणलाई सहयोग गर्न महामारीको सहारा लिनु उचित नहुने बताएका थिए ।

    सम्बन्धित समाचार