Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रदेश १ मा ५६ जना सङ्क्रमित, ७४० डिस्चार्ज

    प्रदेश १ मा ५६ जना सङ्क्रमित, ७४० डिस्चार्ज


    • मंगलवार, मंसिर २ २०७७

    • नेपाल वाइड


    प्रदेश १ मा ५६ जना सङ्क्रमित,  ७४० डिस्चार्ज
    प्रतिकात्मक तस्बिर

         काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना सङ्क्रमित भएका छन् । सो अवधिमा १७६ जनाको मात्र पीसीआर परीक्षण भएको हो ।

         सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कुल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

         थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्ममा कुल एक लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ । रासस 

    सम्बन्धित समाचार