Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अनुदानको मल ढुवानीका लागि विक्रेता सिफारिस

    अनुदानको मल ढुवानीका लागि विक्रेता सिफारिस


    • बुधवार, मंसिर ३ २०७७

    • नेपाल वाइड


    अनुदानको मल ढुवानीका लागि विक्रेता सिफारिस
    सांकेतिक तस्बिर

           खोटाङ । अनुदानको रासायनिक मल ढुवानीका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले दुई विक्रेतालाई सिफारिस गरेको छ । किसानका लागि आवश्यक पर्ने युरिया र डिएपी मल ढुवानी एबं वितरणका लागि अनुदानको मल व्यवस्थापन निर्देशिका २०७७ बमोजिम भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ बिराटनगरको पत्रअनुशार गाउँपालिकाले दुई कम्पनीलाई सिफारिस गरेको हो । सिफारिस गरेर पठाइएकामध्ये मन्त्रालयले एक कम्पनीलाई मात्र अनुदानको मल ढुवानी एबं वितरणका लागि छान्ने गाउँपालिकाका कृषि विकास शाखाका कर्मचारी ममता खवासले बताईन् ।

           अनुदानको मल ढुवानी एबं विक्रीवितरणका लागि विक्रेता सिफारिस गर्नका लागि गाउँपालिकाले ४ दिनको समय दिएर कात्तिक २३ गते आवेदन आव्हान गरेको थियो । अनुदानको मल विक्रेता बनेर काम गर्नका लागि गाउँपालिकाभित्रका ईच्छुक कृषि सहकारी, कृषि फर्म, कृषक समुह तथा कम्पनीलाई आवश्यक कागजात सहित आवेदन माग गरिए पनि दुई वटा कम्पनीको मात्र आवेदन परेको हो ।

         रासायनिक मल विक्रेता छनौटका लागि विगत २ आर्थिक वर्षको लेखा परिक्षणको प्रतिबेदन, स्थायी लेखा नम्बर, अनुभव कार्य क्षमताको प्रमाणपत्रको प्रतिलिपि, नापतौल गर्ने मेसिन, गोदाम घर, सूचना प्रविधि लगायतको भौतिक पुर्वाधारको विवरण सहित आवेदन आव्हान गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

         भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छानेका मल विक्रेतालाई गाउँपालिकाले मल ढुवानी अनुदान उपलव्ध गराउने र सोही आधारमा विक्रेताले यूरिया र डिएपी खरिद गरेर गाउँपालिकाका ९ वडाका किसानको हातमा पुर्‍याउनुपर्ने जनाइएको छ ।
    छानिएका मल बिक्रेताले गाउँपालिकाको कृषि बिकास शाखाले तोकेको परिमाणमा रासायनिक मलको व्यवस्था गर्ने खवासले बताईन् ।

         अघिल्लो वर्षसम्म मल ढुवानीका लागि टेण्डर खुलाउने गरिएकामा यस वर्षदेखि विक्रेताको सूची मन्त्रालयमा पठाएर छनौट गर्ने व्यवस्था गरिएको हो । ‘हामीले विक्रेताको सूची सिफारिस मात्र गरेका हौँ । मन्त्रालयले दुई वटामध्ये कुनै एउटालाई मात्र छनौट गर्छ,’ खवासले भनिन्, ‘सोही आधारमा गाउँपालिकाले कुन वडाका लागि कति मल आवश्यक पर्छ भनेर रेकर्ड सहित ढुवानी अनुदान उपलव्ध गराउँछ ।

           सोही आधारमा कम्पनीले मल ढुवानी गरेर वडा–वडासम्म पुर्‍याउनु पर्ने हुन्छ ।’ गत आर्थिक वर्ष गाउँपालिकाका किसानलाई यूरिया प्रतिबोरा (३० केजीको) ८५० र डिएपी प्रतिबोरा (३० केजीको) १ हजार १५० रुपैयाँका दरले उपलव्ध गराइएको थियो ।

    सम्बन्धित समाचार