Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी सल्लेका किसानलाई बीउ तथा कृषि सामग्री वितरण

    हलेसी सल्लेका किसानलाई बीउ तथा कृषि सामग्री वितरण


    • शुक्रवार, मंसिर ५ २०७७

    • नेपाल वाइड


    हलेसी सल्लेका किसानलाई बीउ तथा कृषि सामग्री वितरण
    कृषि सामग्री तथा बीउ वितरण गर्दै नगर उपप्रमुख विमला राई

           खोटाङ । मंसिर ५, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका किसानलाई बीउ तथा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाको आग्रहमा जिवीकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडिसि)को सहयोगमा सल्लेका २१६ घरपरिवार किसानलाई कृषि सामग्री तथा बीउ वितरण गरिएको हो ।

           विपन्न किसानलाई हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले हिल ट्यांक, प्लाष्टिक टनेल, सिड–स्प्रे, हजारी र बीउविजन वितरण गरेकी छन् । किसानलाई पानी संकलन गर्नका लागि हिल ट्यांक, तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायतका कृषि सामग्री उपलव्ध गराइएको हो ।

          नगरपालिकाका ११ वडामध्ये कात्तिक २५ गते हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ३२५ जना किसानलाई कृषि तथा बीउ विजन वितरण गरिएको थियो । कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई कृषि सामग्री वितरण सुरु गरिएको मेयर इवन राईले बताए ।

         गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा एसडिसिले ४ हजार ५३ घर किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री एबं बिउ उपलव्ध गराएको हो । एसडिसिले उपलव्ध गराएको कृषि सामग्री तथा बिउ क्रमशः अन्य वडाका किसानलाई वितरण गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार