शनिवार, मंसिर ६ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर ६, खोटाङका युवा गीतकार एबं संगीतकार नविन संघर्षको ‘दिक्तेल बजारमा’ बोलको पूर्वेली लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । राई इज किङको परिचय बनाएका चर्चित गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको स्वर रहेको लोकदोहोरी स्टुडियो किङको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नविनकै रचना र संगीत रहेको ‘दिक्तेल बजारमा’ बोलको लोकदोहोरीमा सुखदुःख जे–जस्तो भए पनि गाउँमै जीन्दगी कटाउने भाव समेटिएको छ ।
हाल काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित सिर्जनशिल जनता माबिमा कार्यरत नविनको यो १२ औं गीत हो । स्टुडियो किङ अनामनगरमा रेकर्ड गरिएको लोकदोहोरीमा राजु कार्कीको संगीत संयोजन रहेको छ ।
चार महिनाअघि मात्र उनले कृष्णभक्त राईको स्वरमा ‘जीन्दगी’ बोलको गीत बजारमा ल्याएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला घर भएका नविन शिक्षण पेशासँगै सांगीतिक क्षेत्रमा आफ्नो परिचय बनाउन संघर्षरत छन् । हालसम्म बजारमा आएकामध्ये नविनका ‘जंघार तरि नजानु है, नेपाली हुँ भन्ने हाम्रो छाती हुनुपर्छ, आमा, जीन्दगी’ श्रोताले बढि रुचाएका गीत हुन् ।
उनका दर्जनौं गीत पाण्डुलिपीमा सुरक्षित छन् । त्यसमध्ये चार/पाँच वटा गीत केही समयपछि नै रेडर्क गर्ने सूचीमा राखिएको गीतकार एबं संगीतकार नविनले बताए । २०६८ सालमा संगीतकार भीमसेना राईको सोलो कम्पोज रहेको एल्बम बेस क्याम्पमा समावेस ‘जंघार तरि नजानु है’ बोलको गीतमार्फत नविनले नेपाली गीतसंगीतको औपचारिक यात्रा सुरु गरेका हुन् ।
गितको भिडियो