Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी धितुङका किसानलाई बीउ तथा कृषि सामग्री वितरण

    हलेसी धितुङका किसानलाई बीउ तथा कृषि सामग्री वितरण


    • शनिवार, मंसिर ६ २०७७

    • नेपाल वाइड


    हलेसी धितुङका किसानलाई बीउ तथा कृषि सामग्री वितरण
    धितुङका किसानलाई कृषि सामग्री वितरण गर्दै मेयर इवन राई र उपमेयर बिमला राई

            खोटाङ । मंसिर ६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानलाई बीउ तथा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाको आग्रहमा जिवीकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडिसि)को सहयोगमा शनिबार धितुङका ३४५ घरपरिवार किसानलाई कृषि सामग्री तथा बीउ वितरण गरिएको हो ।

          विपन्न किसानलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले हिल ट्यांक, प्लाष्टिक टनेल, सिड–स्प्रे, हजारी र बीउविजन वितरण गरेका छन् । किसानलाई पानी संकलन गर्नका लागि हिल ट्यांक, तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायतका कृषि सामग्री प्रदान गरिएको हो ।

          नगरपालिकाका ११ वडामध्ये कात्तिक २५ गते हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ३२५ परिवार र मंसिर ४ गते हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका २१६ घर किसानलाई कृषि तथा बीउ विजन वितरण गरिएको थियो । कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई कृषि सामग्री वितरण सुरु गरिएको मेयर राईले बताए ।

          गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा एसडिसिले ४ हजार ५३ घर किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री एबं बिउ उपलव्ध गराएको हो ।

     

    सम्बन्धित समाचार