Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डिजिटल कृषि तथा पशु प्रयोगशाला स्थापना

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डिजिटल कृषि तथा पशु प्रयोगशाला स्थापना


    • आइतवार, मंसिर ७ २०७७

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डिजिटल कृषि तथा पशु प्रयोगशाला स्थापना
    डिजिटल कृषि तथा पशु प्रयोगशाला उद्घाटन कार्यक्रममा नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवीलगायत

          खोटाङ । मंसिर ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरिएको छ । कम्पोष्ट मल प्लान्ट परिषरमा रहेको कृषि श्रोत केन्द्रमा डिजिटल सोयल टेस्टिङ मिनि ल्याव सहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरिएको हो ।

          ४ लाख ९६ हजारको लागतमा स्थापना गरिएको आधुनिक कृषि तथा पशु प्रयोगशाला शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले उद्घाटन गरेका छन् ।

         मुलुकभरका स्थानीय तहमध्ये डिजिटल सोयल टेस्टिङ मिनि ल्याव सञ्चालनमा ल्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको दावी गरिएको छ । डिजिटल सोयल टेस्टिङ मिनि ल्यावका माध्यमबाट अन्न बालीमा लाग्ने रोग तथा किराको पहिचान गर्दै उपचारात्मक विधि अपनाउन सहज हुने भएको छ ।

         आधुनिक प्रयोगशाला स्थापना सँगै किसानहरुले माटो परिक्षणका लागि जिल्ला बाहिर लैजानु पर्ने बाध्यताको अन्त्य भएको मेयर दिपनारायण रिजालको भनाई छ । नगरपालिकाले आवश्यक जनशक्तिको व्यवस्थापन गरि आधुनिक कृषि तथा पशु प्रयोगशाला संञ्चालनमा ल्याईएको मेयर रिजाल बताउनुभुयो । डिजिटल सोयल टेस्टिङ मिनि ल्यावमार्फत २४ घण्टापछि रिर्पाेट उपलब्ध गराउन सकिनेछ ।

         हाल खोटाङ जिल्लाका किसानहरुले माटो परिक्षण प्रयोगशाला झुम्का सुनसरीमार्फत माटो परिक्षणको सेवा लिदै आएका छन् । माटोमा भएका नाइट्रोजन, फस्फोरस, पोटासियम लगायतका १४ वटा तत्वको मात्रा यकिन गर्दै माटोको स्वास्थ्य कार्ड वितरण गर्न सकिने व्यवस्था सहित डिजिटल सोयल टेस्टिङ मिनि ल्याव सञ्चालनमा ल्याइएको नगरपालिकाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो ।

        यस्तै, पशुको स्वास्थ्य परिक्षण, सर्जिकल अप्रेसन, कृत्रिम गर्भाधान, टाँका लगाउने, खसी पार्ने लगायतका सेवा उपलव्ध गराइने कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो ।

       यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १५ वटै वडालाई ४ लाख बराबरको माटो जाँच गर्ने उपकरण प्रदान गरेको छ । नगरपालिकाले ७० जना किसानलाई च्याउ उत्पादन सम्वन्धी तालिम दिनुका साथै बीउ सहयोग गरेको छ ।


    सम्बन्धित समाचार