Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरीमा लाग्ने एकादशी मेला रोकियो

    बराहपोखरीमा लाग्ने एकादशी मेला रोकियो


    • सोमवार, मंसिर ८ २०७७

    • नेपाल वाइड


    बराहपोखरीमा लाग्ने  एकादशी मेला रोकियो
    फायल तस्बिर

          खोटाङ । मंसिर ८, खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने हरिबोधनी एकादशी मेला रोकिएको छ । बराहगोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा हरेक हरिबोधनी एकादशीका दिन लाग्ने मेला यसपल्ट कोभिड–१९ को महामारीका कारण रोकिएको हो ।

         वडाध्यक्ष टंककुमार मगरले सोमबार सूचना जारी गर्दै मंसिर ९ र १० गते लाग्ने हरिबोधनी एकादी मेला नलगाउने निर्णय गरिएको जानकारी दिएको छ । मेलामा हुने ठेलामठेल भिडभाडका कारण संक्रमण फैलने त्रास देखिएकाले मेला नलगाउने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ ।

          बराहपोखरी गाउँपालिकाको कात्तिक २५ गतेको बैठकले पनि बराहपोखरीमा हरिबोधनी एकादसी मेला नलगाउने निर्णय गरेको थियो । नेपाल सरकारको सय वटा गन्तव्य सूचीमा समावेश बराहपोखरीमा हरिबोधनी एकादशीको दिन बिशाल मेला लाग्ने गरेको छ ।

    Mela Suchana.jpg

    वडा कार्यालयद्धारा जारी सूचना

    सम्बन्धित समाचार