सोमवार, मंसिर ८ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर ८, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माबिका पुर्वविद्यार्थीले आफ्नो बुवा र आमाको नाममा अक्षय कोष स्थापना गरेका छन् ।
२०६८ सालमा सावित्रा माबिबाट सामुदायीक विद्यालयमध्येबाट जिल्लाकै सबैभन्दा बढि अंक ल्याएर एसएलसि उत्तिर्ण गरेका विद्यार्थी प्रमोद राईले आफ्नो बुवा कर्ण राई र आमा सरस्वती राईको नाममा १ लाख ५१ हजार राशीको अक्षय कोष स्थापना गरिदिएका हुन् ।
हाल अमेरिकामा कम्प्यूटर इन्जिनियरिङमा ग्रेजुएसन गरिरहेका प्रमोदले गरिब तथा जेहेन्दार विद्यार्थीको चौतर्फी विकासका लागि आफुले मावि तह अध्ययन गरेको विद्यालयमा आफ्नै बुवा आमाको नाममा ‘कर्ण–सरस्वती दुङभहँछा अक्षय कोष’ स्थापना गरेका हुन् ।
अक्षय कोषको वार्षिकरुपमा आउने व्याजबाट बाम्राङ भरीका माबि तथा आधारभुत विद्यालयले वार्षिकरुपमा सञ्चालन गरेको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरी प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
प्रमोदले सावित्रा माबिमा दुई कार्यकाल प्रअको भूमीका निर्वाह गरेपछि राजीनामा दिएर गाउँको शैक्षिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्याएका बाबु कर्ण र आमाको नाममा अक्षय कोष स्थापना गरिदिएका हुन् ।
अक्षय कोष सञ्चालनका लागि युगसन किरातको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । अक्षय कोषको मात्रा बढाउँदै लैजाने कोष सञ्चालक समितिले जनाएको छ ।