Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक इन्स्पेक्टरको निधन

    कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक इन्स्पेक्टरको निधन


    • मंगलवार, मंसिर ९ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक इन्स्पेक्टरको निधन
    फायल तस्बिर

         काठमाडौं । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलमा कार्यरत एक इन्स्पेक्टरको निधन भएको छ । सशस्त्र प्रहरी बलका इन्सपेक्टर  नवीन बुढाथोकीको गएराति निधन भएको हो ।

        संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी राजु अर्यालले जानकारी दिए ।

         सशस्त्रमा ०६८ सालमा सेवा प्रवेश गरेका इन्सपेक्टर सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा दरबन्दी थियो । उनमा २७ असोजमा संक्रमण पुष्टि भएको थियो । सशस्त्रमा हालसम्म कोरोना संक्रमणकै कारण ३ जनाको ज्यान गइसकेको छ । 

    सम्बन्धित समाचार