Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दाङमा सात जना जुवाडे पक्राउ

    दाङमा सात जना जुवाडे पक्राउ


    • मंगलवार, मंसिर ९ २०७७

    • नेपाल वाइड


    दाङमा सात जना  जुवाडे पक्राउ
    फायल तस्बिर

           दाङ । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ  । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ का २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

         उनीहरुको साथबाट एक लाख ४६ हजार रूपैयाँ पनि बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्युठान सरुमारानी गाउँपालिका–३ निवासी ५० वर्षीय चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षीय अल्ली शाह र सरुमारानी–१ का २४ वर्षीय एडिस मियाँ पक्राउ परेका छन् ।

         यस्तै सोही ठाउँका ४० वर्षीय अकबर हुसेन मियाँ, सोही गाउँपालिका–३ निवासी ४४ वर्षीय कृष्णबहादुर राना, राप्ती गाउँपालिका–२ निवासी यमबहादुर राना र सोही गाउँपालिका–१ निवासी ४२ वर्षीय रुपेश आलेलाई पनि पक्राउ गरिएको खड्काले बताए ।

     

    सम्बन्धित समाचार