मंगलवार, मंसिर ९ २०७७
नेपाल वाइड
काठमाण्डौ । पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगर बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।
बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० का १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी १८ वर्षीया सपना रोका पनि परेका हुन् । म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाण्डौ आएकी थिईन ।
२०७३ सालमा म्याग्दीमा एसएलसी सकेकी सपना त्यसपछि सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भएकी थिईन । तर, त्यसपछि साथी संगतमा परेर उहाँ काठमाण्डौ आइपुगेकी थिईन । अहिले आफूले राम्रो कामको सुरुवात गरे पनि केहीले विगतलाई सम्झाएर आलोचना गर्ने गरेका सुनाईन ।
बीबीसीले समाजमा योगदान पुर्याएका, उत्प्रेरक र उदाहरणीय काम गर्ने महिलालाई यो सूचीमा समावेश गरेको हो । सूचिमा सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप विकास अभियानको नेतृत्व गरेकी सारा गिल्बर्ट, वैज्ञानिक, लेखकसहितका महिला छन् ।
सूचिमा परेकी उनले बेवारिसे शवहरुको व्यवस्थापन सँगै बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी पनि छन् ।