Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिक्षकलाई ज्वरो नाप्ने थर्मल गन प्रयोग सम्वन्धी तालिम

    शिक्षकलाई ज्वरो नाप्ने थर्मल गन प्रयोग सम्वन्धी तालिम


    • बुधवार, मंसिर १० २०७७

    • नेपाल वाइड


    शिक्षकलाई ज्वरो नाप्ने थर्मल गन प्रयोग सम्वन्धी तालिम
    शिक्षकलाई थर्मल गन प्रदान गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर दिपनारायण रिजार र उपप्रमुख विणादेवी राईलागयत

          खोटाङ । मंसिर १०, कोरोना कहरका विचमा विद्यालय खुलाएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षकलाई थर्मल गन चलाउने तालिम दिएको छ । कोरोना संक्रमणबाट शिक्षक तथा विद्यार्थीलाई बचाउँदै अवरुद्ध शैक्षिक क्रियाकलाप अघि बढाउनका लागि नगरपालिकाले १५ वटा वडाका ९४ वटा सामुदायीक र ११ वटा निजी विद्यालयका एक/एक जना शिक्षकलाई थर्मल गन प्रयोगका बारेमा तालिम दिएको हो ।

          सोमबार ६० विद्यालयका कोभिड–१९ सम्वन्धी फोकल पर्सनकारुपमा तोकिएका शिक्षकलाई तालिम दिएको नगरपालिकाले मंगलबार ४५ वटा विद्यालयका फोकल पर्सन शिक्षकलाई थर्मल गन प्रयोग गरेर ज्वरो नाप्न सिकाएको जनाएको छ । तालिममा सहभागी शिक्षक/शिक्षिकालाई न्यू नर्मल (कोभिड संक्रमणबाट बच्ने स्वास्थ्य सुरक्षा सावधानी)का बारेमा समेत जानकारी दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

         तालिम प्राप्त फोकल पर्सन शिक्षकले अन्य शिक्षक तथा विद्यार्थीको ज्वरो नाप्ने र ज्वरो आएका छात्र/छात्रालाई निको नभएसम्म घरमा बस्ने वातावरणका लागि भूमीका निर्वाह गर्ने जनाइएको छ । विद्यार्थीको ज्वरो मापनका लागि नगरपालिकाले सबै विद्यालयलाई एक/एक थान थर्मल गन वितरण गरेको छ ।

         स्वास्थ्यकर्मीबाट तालिम प्राप्त शिक्षकले विद्यालयमा फर्केर थर्मल गनको प्रयोग सुरु गरिसकेको मेयर रिजालले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी मंसिर ८ गतेदेखि विद्यालय खुलाएको छ । ‘हामीले विद्यालयले तोकेका फोकल पर्सनलाई थर्मल गन प्रयोग गरेर ज्वरो नाप्ने विधि सिकाएका छौँ । हरेक विद्यालयलाई एक/एक थान थर्मल गन पनि उपलव्ध गराएका छौँ,’ मेयर रिजालले भने, ‘अहिले विद्यालयमा थर्मल गनको प्रयोग सुरु भइसकेको छ । संक्रमणबाट बच्न र बचाउनका लागि फोकल पर्सनलाई न्यू नर्मलका बारेमा पनि प्रशिक्षण दिएर पठाएका छौँ ।’

          दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रार्थना नगर्ने, सरासर आ–आफ्नो कक्षा कोठामा जाने, सकेसम्म एउटा बेञ्चमा दुई जना विद्यार्थी राख्ने व्यवस्था गर्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, टिफिन नगर्ने, सामाजिक दुरी कायम गरेर बस्ने, विद्यार्थीलाई ज्वरो आए निको नभएसम्म विद्यालय नआउने व्यवस्था गर्ने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातावरण बनाउने, पाठ्यापुस्तक, कापी, कलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिने लगायतका २९ वटा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खुलाउन निर्देशन दिएको छ ।

     

    सम्बन्धित समाचार