Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    योजना सञ्चालनका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण

    योजना सञ्चालनका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण


    • बिहिवार, मंसिर १८ २०७७

    • नेपाल वाइड


    योजना सञ्चालनका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण
    सांकेतिक तस्बिर

           खोटाङ । मंसिर १८, निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्नका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले उपभोक्ता समितिलाई सहभागी गराएर एक दिने अभिमुखीकरण तथा अन्तरक्रीया कार्यक्रम गरेको छ । आयोजनाको कामलाई निर्धारित समयमा निर्धारित गुणस्तरमा सम्पन्न गर्नका लागि गाउँपालिकाले बिहिबार २० वटा योजनाका उपभोक्ता समितिलाई सहभागी गराएर अभिमुखीकरण तथा अन्तरक्रीया गरेको हो ।

         अभिमुखीकरण तथा अन्तरक्रीया कार्यक्रममा सहभागी उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७५ अनुशार आयोजनाको उपभोक्ता समिति गठनदेखि योजना सम्झौता, खाता सञ्चालन, कामको गुणस्तर, कार्य सम्पन्न प्रतिबेदन, अन्तिम भुक्तानी निकासा र योजना फस्र्योटसम्मका चरणका बारेमा जानकारी दिइएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
    गाउँपालिकाका प्राविधिक शाखाका ईन्जिनियर राजु भट्टराईले योजनाको लगत स्टीमेट, रनिङ बिल, कामको गुणस्तर परिणाम, जाँचपास र कार्य सम्पन्न प्रतिबेदनका बारेमा उपभोक्ता समितिलाई जानकारी गराएका छन् ।

           यस्तै, लेखा शाखाका जीवन फुयाँलले उपभोक्ता समितिको खाता सञ्चालन सम्वन्धी प्रकृया, पेश्की तथा अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजात, बिल भर्पाई लगायतका बारेमा सहजीकरण गरेका छन् ।
    योजना शाखाका प्यास्पी राईले योजना सम्झौता, अभिलेखन व्यवस्थापन, बैठक माइन्यूट व्यवस्थापन र उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधिको अनूसुची ३, ४, ५ र ६ का बारेमा जानकारी दिएका छन् ।

          यस्तै, आलेप शाखाका योगेश श्रेष्ठले लेखा परिक्षण र सूचना सम्वन्धी तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, अनुगमन तथा सुपरिवेक्षण, सामाजिक परिक्षण र होर्डिङबोर्डका बारेमा उपभोक्ता समितिलाई जानकारी गराएका छन् ।

       अभिमुखीकरण तथा अन्तरक्रीयामा सहभागी उपभोक्ता समितिका पदाधिकारीलाई गाउँपालिका अध्यक्ष राईले उपभोक्ता समितिलाई उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि अनुशार योजना सञ्चालन गर्नका लागि आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार