Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘बाल विकास केन्द्रमा कार्यरत शिक्षकको तलव बढाउ’

    ‘बाल विकास केन्द्रमा कार्यरत शिक्षकको तलव बढाउ’


    • बिहिवार, मंसिर १८ २०७७

    • नेपाल वाइड


    ‘बाल विकास केन्द्रमा कार्यरत शिक्षकको तलव बढाउ’
    दिप्रुङ चुईचुम्मा गाउँपालिका

        खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कार्यरत प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले समय सापेक्षित रुपमा तलव वृद्धिको माग गरेका छन् । हाल सरकारले उपलव्ध गराउँदै आएको तलव अत्यान्तै न्यून भएको भन्दै प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत वालबिकास शिक्षक संगठनले खुला पत्रमार्फत गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

        सरकारले श्रमिकको ज्याला समेत १३ हजार ४५० तोकेको अवस्थामा वालबिकास शिक्षकलाई दिइएको तलव समय सापेक्ष नभएको खुला पत्रमा उल्लेख छ । वालबिकास शिक्षकले दिर्घकालिन रुपमा संघीय शिक्षा ऐनमार्फत पेशागत आफ्नो पेशागत स्थायीत्व हुने व्यवस्था मिलाउन गाउँपालिका समक्ष माग गरेका छन् ।

         ‘श्रमिकको ज्याला समेत १३ हजार ४५० तोकिएको अवस्थामा स–साना वालविकास शिक्षकलाई मासिक ६ हजार दिनुको के समय सान्दर्भिक छ ?,’ खुला पत्रमा भनिएको छ, ‘तसर्थ वालबिकास शिक्षकको तत्काल समय सुहाउँदो तलव भत्ता व्यवस्थापन गर्न र दिर्घकालिन रुपमा संघीय शिक्षा ऐनमार्फत पेशागत स्थायीत्व हुनेगरी व्यवस्था मिलाउन माग गर्दछौँ ।’

    सम्बन्धित समाचार