Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तराईसँग सम्पर्क स्थापित गर्ने चिसापानी–बंशिलाघाट सडक स्तरोन्नतीको काम सुरु

    तराईसँग सम्पर्क स्थापित गर्ने चिसापानी–बंशिलाघाट सडक स्तरोन्नतीको काम सुरु


    • शुक्रवार, मंसिर १९ २०७७

    • नेपाल वाइड


    तराईसँग सम्पर्क स्थापित गर्ने चिसापानी–बंशिलाघाट सडक स्तरोन्नतीको काम सुरु
    जन्तेढुंगा गाउँपालिकाको कार्यालय

        खोटाङ, मंसिर १९– खोटाङको जन्तेढुंगा गाउँपालिकाले तराईसँग सम्पर्क स्थापित गर्ने सडक स्तरोन्नतीको काम सुरु गरेको छ । गाउँपालिकाले उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाटसम्म पुग्ने चिसापानी–बंशिलाघाट सडक स्तरोन्नतीको काम सुरु गरेको हो । गाउँपालिकाको आन्तरिक श्रोत तथा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चिसापानीबाट निगालाबास–देविस्थान–फेदी हुँदै वंशिलाघाट पुग्ने सडक स्तरोन्नती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए ।

       करिब दशकअघि खोलिएको सडकको ट्र्याकलाई सकेसम्म बाह्रैमास सञ्चालन गर्न मिल्नेगरी बिहिबारदेखि स्तरोन्नती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडकको जाली हाल्ने, खाल्डाखुल्डी पुर्ने तथा मान्छेले नसक्ने क्षेत्रमा ब्रेकर लगाएर सडक स्तरोन्नती सुरु गरिएको हो ।

         गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको कन्टीजेन्सीबाट आउने रकम खर्च गर्नेगरी सडक स्तरोन्नतीमा ब्रेकर प्रयोग गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘ब्रेकर लगाउन तत्कालका लागि मैले आफ्नै पैसा लगाएको छु । पछि कन्टीजेन्सीको रकमबाट रकम मिलान गर्ने छौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘मान्छेले सक्ने ठाउँमा मानवीय मान्छे नै प्रयोग गरेका छौँ । मान्छेले नसक्ने ठाउँमा ब्रेकर लगाएर सडक स्तरोन्नती गरिरहेका छौँ ।’

          सडक स्तरोन्नती सुरु भएपछि बिहिबारदेखि मंसिर २५ गतेसम्मका लागि चिसापानीबाट निगालाबास–देविस्थान–फेदी हुँदै वंशिलाघाट पुग्ने सडकमा सवारी साधन आवागनमा रोक लगाइएको छ । गाउँपालिकाले सडक स्तरोन्नतीकाबिचमा चिसापानीबाट मौवाबोटे हुँदै बंशिलाघाट पुग्ने अर्को सडक प्रयोग गर्न आग्रह गरेको छ ।

          जन्तेढुंगाको चिसापानीबाट निगालाबास–देविस्थान–फेदी हुँदै बंशिलाघाटस्थित सुनकोसी तरेर उदयपुरको बेलटार हुँदै पुर्वी तराईका विभिन्न शहरमा पुग्न सकिन्छ । तराईबाट उपभोग्य सामग्री भित्र्याउने छोटो बाटो भएकाले चिसापानी–बंशिलाघाट सडक स्तरोन्नती सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार