Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    च्यास्मीटार–बालुङबारी सडक उद्घाटन

    सुनकोसीमा झोलुंगे पुल शिलान्यास

    सुनकोसीमा झोलुंगे पुल शिलान्यास


    • आइतवार, मंसिर २१ २०७७

    • नेपाल वाइड


    सुनकोसीमा झोलुंगे पुल शिलान्यास
    झोलुंगे पुल शिलान्यास तथा सडक उद्घाटन गर्दै मेयर इवन राई र उपमेयर बिमला राई ।

           खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको ताप्ली गाउँपालिका जोड्ने सुनकोसीमा झोलुंगे पुल निर्माण हुने भएको छ । पुलको अभावमा नदीमा कष्टप्रद वारपार गर्दै आएका स्थानीयलाई लक्ष्यीत गर्दै हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार (बालुङबारी) र ताप्ली गाउँपालिकाको थुम्की जोड्ने २८५ मिटर लम्बाई हुने झोलुंगे पुल निर्माण हुने भएको हो ।

         नेपाल सरकार सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरको करिब २ करोड बजेटमा पूरा हुने पुल झोलुंगे पुल शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शिलान्यास गरेका छन् । आगामी २०७९ साल साउन ३० गतेसम्ममा पूरा गर्ने शर्तमा जगदम्बा निर्माण कम्पनी–संजिव निर्माण कम्पनी–रुजनके निर्माण कम्पनी जेभीले गत साउन ३० गते पुल निर्माणको सम्झौता गरेको छ ।

          झोलुंगे पुलले विशेषगरी हलेसी तुवाचुङ नगरपालिका र ताप्ली गाउँपालिकाका सर्वसाधारणलाई आवत–जावतमा सहजता ल्याउने छ । यस्तै, ताप्ली गाउँपालिकाका स्थानीयलाई त्रि–धार्मिकस्थल हलेसी आउन र जान पनि सहज हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

                       च्यास्मीटार–बालुङबारी सडक उद्घाटन

          यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक लगानीमा च्यास्मीटारमा ग्रामिण सडक निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको च्यास्मीटार–पिपलटार–भाग्रा–बालुङबारी सडक चालु आर्थिक वर्ष पुरा गरिएको हो ।

          नगरपालिकाको दुरदराजमा सडकको पहुँच स्थापित गर्नका लागि करिब १४ किलोमिटर सडक निर्माण गरिएको मेयर राईले बताए । सडक मेयर राई र उपमेयर राईले उद्घाटन गरेका छन् । च्यास्मीटारबाट बालुङबारी पुग्ने सडक निर्माण भएसँगै बालुङबारी र थुम्की जोड्ने झोलुंगे पुल निर्माण सुरु गरिएको हो ।

    bridge balungbari-tapli (starts) photo_khotang1.jpg

    झोलुंगे पुल शिलान्यास तथा सडक उद्घाटन गर्दै मेयर इवन राई र उपमेयर बिमला राई 

    सम्बन्धित समाचार