Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री वितरण

    हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री वितरण


    • सोमवार, मंसिर २२ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री वितरण
    हलेसी तुवाचुङ नगरपालिकाका लागि एसडिसिले उपलव्ध गराएको कृषि सामग्री

        खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४ हजार ५३ घर किसानलाई बीउ तथा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाको आग्रहमा जिवीकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडिसि)को सहयोगमा किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री एबं बीउ वितरण गरिएको हो ।

        कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई हिल ट्यांक, प्लाष्टिक टनेल, सिड–स्प्रे, हजारी र बीउविजन वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

        गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा एसडिसिले ठूलो परिमाणमा कृषि सामग्री एबं बिउ उपलव्ध गराएको हो । पानी संकलन गर्नका लागि ११ वडाका किसानलाई हिल ट्यांक, तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायतका कृषि सामग्री उपलव्ध गराइएको छ ।

        अर्खौैलेका ३२५ जना, बाहुनीडाँडाका ३९४ जना, डिकुवाका ३८० जना, च्यास्मिटारका ३९७, वडहरेका २८८, दुर्छिमका ४५४, मंगलटारका ३४०, महादेवस्थानका ३३३, धितुङका ३४५, सल्लेका २१६ र राजापानीका ५८१ जना कृषकलाई कृषि सामग्रीका साथमा बीउबिजन वितरण गरिएको हो । किसानलाई उनीहरुले रोजेको कृषि सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

       एसडिसिबाट प्राप्त भएको कृषि सामग्री एबं बिउ कात्तिक २५ गतेदेखि अर्खौलेबाट वितरण सुरु गरिएकामा शुक्रबार बाहुनीडाँडा पुगेर टुंग्याइएको मेयर राईले बताए । ‘गत वर्षको खाद्य संकटको समयमा हामीले संघीय सरकार, प्रदेश सरकार र एसडिसिलाई सहयोगका लागि आग्रह गरेका थियौँ, सोही आधारमा हामीलाई एसडिसिबाट सहयोग प्राप्त भएको हो,’ मेयर राईले भने, ‘तर हामीलाई संघीय सरकार र प्रदेश सरकारबाट सहयोग प्राप्त भएन ।’ कतिपय वडामा मेयर राई र कतिपय वडामा उपमेयर बिमला राईले किसानलाई कृषि सामग्री तथा बीउ हस्तान्तरण गरेका थिए ।

     

    सम्बन्धित समाचार