Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घट्यो सुनको मूल्य

    घट्यो सुनको मूल्य


    • बुधवार, मंसिर २४ २०७७

    • नेपाल वाइड


    घट्यो सुनको मूल्य
    फायल तस्बिर

          सुनको मूल्य आज सात सय रुपैयाँ सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन उक्त रुपैयाँ सस्तो भएसँगै आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

          त्यस्तै तेजाबी सुन पनि सोही अन्तरमा घटेर आज प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ। यो सुन अघिल्लो दिन ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

          चाँदीको भने आज स्थिर भाउमा कारोबार भएको छ । अघिल्लो दिन १२ सय १५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज घटबढ नभएको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार