Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    गर्भवती र सुत्केरीलाई फोलिक एसिड र क्याल्सियम निःशुल्क

    बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका गर्भवतीलाई नगरपालिकाको सहयोग

    बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका गर्भवतीलाई नगरपालिकाको सहयोग


    • बुधवार, मंसिर २४ २०७७

    • नेपाल वाइड


    बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका गर्भवतीलाई नगरपालिकाको सहयोग
    पाथेकामा महिलालाई फोलिक एसिड र क्याल्सियम चक्की वितरण गर्दै नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राई 

          खोटाङ । मंसिर २४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गाउँमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई अस्पताल पुर्‍याउन एम्बूलेन्स सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । गाउँमा सञ्चालित बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका महिलाई अस्पताल पुर्‍याउनु पर्ने अवस्थामा नगरपालिकाले उपप्रमुखसँग महिला कार्यक्रममार्फत एम्बूलेन्स सहयोग कार्यक्रम सुरु गरेको हो ।

         बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका महिलालाई तत्काल अस्पताल पुर्‍याएर आमा र नवजात शिशुको जीवन रक्षाका लागि अस्पताल पुर्‍याउन एम्बूलेन्स खर्च (भाडा) उपलव्ध गराउने व्यवस्था मिलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले बताईन् ।

          दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा बिहिबार आयोजित गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरण कार्यक्रम शुभराम्भ कार्यक्रमको अवशरमा एकजना गर्भवती महिलालाई अस्पताल पुर्‍याउनका लागि पाँच हजार भाडा प्रदान गर्दै एम्बूलेन्स सहयोग कार्यक्रम सुरु गरिएको हो ।

         बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेकी गर्भवती महिलालाई अस्पतालसम्म पुर्‍याउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर राईले एम्बूलेन्स भाडा वापत सहयोग रकम प्रदान गरेका थिए । बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेको अवस्थामा गर्भवती महिलालाई अस्पताल पुर्‍याउनका लागि एम्बूलेन्स वा गाडीमा लाग्ने भाडा उपलव्ध गराउने व्यवस्था मिलाइएको उपप्रमुख राईले बताईन् ।

    Nagarpalika program photo patheka.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा बिहिबार आयोजित गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरण कार्यक्रम

      ‘बर्थिङ सेन्टरमा सुत्केरी नभए कतिपयले घरैमा सुत्केरी गराउन खोज्छन् । कतिपयको अस्पतालसम्म जाने आर्थिक अवस्था हुन्न । त्यो अवस्थामा आमा र नवजात शिशुले ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्छ,’ नगरप्रमुख राईले भनिन्, ‘अकालमा आमा र बच्चाको ज्यान जानबाट जोगाउने प्रयास स्वरुप हामीले अस्पताल पुर्‍याउनेक्रममा एम्बूलेन्स वा गाडीमा लाग्ने भाडा उपलव्ध गराउने कार्यक्रम सुरु गरेका हौँ ।’

              गर्भवती र सुत्केरीलाई फोलिक एसिड र क्याल्सियम निःशुल्क

         दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरण सुरु गरेको छ । गर्भवती महिला, सुत्केरी आमा तथा बच्चाको वृद्धि विकास एबं स्वस्थ स्वास्थ्यका लागि नगरपालिकाले १५ वटै वडामा फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाएको हो ।

         दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाबाट विहिबार शुभारम्भ गरिएको निःशुल्क फोलिक एसिड र क्याल्सियम चक्की वितरण कार्यक्रमलाई सबै वडामा विस्तार गरिने नगरपालिकाका उपप्रमुख बिणादेबी राईले बताईन् । हालसम्म आफै खरिद गरेर फोलिक एसिड र क्याल्सियम चक्की खाँदै आएका गर्भवती तथा सुत्केरी महिलालाई प्रत्येक वडाका स्वास्थ्यचौकीमार्फत निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।

         खरिद गर्नुपर्ने भएकाले कतिपय महिलाले फोलिक एसिड र क्याल्सियम चक्की नखाने गरेको पाइएकाले अनिवार्य सेवन गर्ने व्यवस्थाका लागि यसको निःशुल्क वितरण सुरु गरिएको उपप्रमुख राईले बताएकी छन् । ‘गर्भवती महिला र सुत्केरी महिलाले किनेर फोलिक एसिड र क्याल्सियम चक्की खाँदै आएका छन् ।

         कतिपयले आफै किनेर खाँदैनन् भन्ने सुनिन्छ,’ उपप्रमुख राईले भनिन्, ‘स्वास्थ्य संस्थामा निःशुल्क उपलव्ध भए अनिवार्य फोलिक एसिड र क्याल्सियम सेवन गराउन सकिन्छ भन्ने हाम्रो लक्ष्य हो ।’ नगरपालिकाले गर्भवती महिलाको निःशुल्क रगत परिक्षणको व्यवस्था गरेको जनाएको छ ।

     

    सम्बन्धित समाचार