Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    हिंसा पिडित ६ महिलालाई आर्थिक सहयोग

    महिलालाई तीन महिने आधारभुत कम्यूटर तालिम

    महिलालाई तीन महिने आधारभुत कम्यूटर तालिम


    • शुक्रवार, मंसिर २६ २०७७

    • नेपाल वाइड


    महिलालाई तीन महिने आधारभुत कम्यूटर तालिम
    तीन महिने कम्प्यूटर तालिम समापनकाक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै मेयर इवन राई, उपमेयर बिमला राई लगायत

          खोटाङ । महिलाको क्षमता अभिवृद्धिका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलालाई कम्यूटर सञ्चालन सम्वन्धी तालिम दिएको छ । समय अनुशार महिलाको क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ६४ जना महिलालाई तीन महिने आधारभुत कम्प्यूटर तालिम दिइएको हो ।

          अधिकांश महिला लक्ष्यीत वजेटलाई सिलाई कटाई, बनाई जस्ता तालिममा सिध्याउने गरिएकामा अर्खौलेका महिलालाई आधारभुत कम्यूटर तालिम दिइएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले बताईन् ।

       कम्यूटर सम्वन्धी महिलाको क्षमता र दक्षता अभिबृद्धिका लागि महिला लक्षित कार्यक्रम अन्तर्गत गत असार १३ गते उद्घाटन गरिएको कम्प्यूटर तालिम बिहिबार समापन गरिएको छ । महिलाका लागि विनियोजित चार लाखमध्ये दुई लाखमा चार वटा कम्यूटर र एक थान ल्यापटप खरिद गरेर तालिमको आयोजना गरिएको थियो ।

        हाल सबैका लागि अनिवार्य बनिसकेको कम्यूटर तालिममा सहभागी हुन पाउँदा घाँस दाउरा र चुल्होचौकामा सिमित महिला उत्साहित बनेका छन् । उनीहरुले कम्प्यूटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली र अंग्रेजी भाषामा टाईप गर्न सक्ने दक्षता हासिल गरेका छन् । कम्प्यूटर सिक्नका लागि कतिपय महिला घरको काम छाडेर तालिम कक्षमा आउने गरेका थिए ।

        ‘एक वडा एक सहकारी’ स्थापनाको अभियान थालिएको नगरपालिकामा सहकारी स्थापनापछि कम्यूटर चलाउनु पर्ने भएकाले पनि कम्यूटर तालिम फलदायी हुने अपेक्षा गरिएको उपमेयर राईले बताईन् । ‘महिलालाई सँधै सिलाई कटाई जस्ता तालिम दिने गरिएको छ ।

        तर नयाँ–नयाँ टेक्नोजोलीका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्यूटर तालिमको आयोजना गरिएको हो,’ उपमेयर राईले भनिन्, ‘केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनकाक्रममा पनि कम्यूटर सम्वन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
    कम्यूटर तालिममा सहभागी महिलालाई मेयर इवन राई र उपमेयर राईले प्रमाण–पत्र प्रदान गरेका छन् ।

          हिंसा पिडित ६ महिलालाई आर्थिक सहयोग

         हलेसी तुवाचुङ नगरपालिकाले हिंसा पिडित ६ महिलालाई जिविकोपार्जनका लागि आर्थिक सहयोग प्रदान गरेको छ । हिंसा पिडित महिलाको सहयोगार्थ नगरपालिकाले केही वर्षअघि स्थापना गरेको ‘लैंगीक हिंसा निवरण कोष’बाट हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी सिता बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी हिमाकुमारी बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारकी हिरा परियार, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी मञ्जु राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी दैया बुढाथोकी र केशरी दर्जीलाई जनही १० हजारका दरले आर्थिक सहयोग गरिएको हो । घरेलु हिंसाबाट पिडित महिलालाई महिला हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवशरमा बिहिबार नगद प्रदान गरिएको हो ।

           घरेलु हिंसामा परेपछि बालबच्चासँग एक्लै संघर्ष गरिरहेकी महिलालाई जिविकोपार्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक सहयोग गरिएको उपमेयर राईले बताईन् । नगरपालिकाको सहयोग पाउनेमध्ये दुई महिलाको श्रीमानले बहुविवाह गरे सम्पर्क विहिन भएको, दुई जनाको श्रीमान सम्पर्कमा नरहेको र सरसहयोग नगरेको, एक जनामाथि श्रीमानबाट पटक–पटक कुटपिट हुने गरेको जनाइएको छ ।

         उनीहरुमध्ये धेरैजसो तीन/चार वर्षदेखि श्रीमान सम्पर्कविहिन भएपछि माईती घरमा बसिरहेका छन् । ‘लैंगीक हिंसा निवरण कोष’मा व्यवस्था गरिएको एक लाखबाट हिंसा पिडित महिलालाई आर्थिक सहयोग गरिएको उपमेयर राईले बताईन् ।
    Help for women.jpg

    हिंसा पिडित महिलालाई जिविकोपार्जनका लागि आर्थिक सहयोग प्रदान गर्दै मेयर इवन राई, उपमेयर बिमला राईलगायत

    सम्बन्धित समाचार