Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लिफ्टसहितको अपांगतामैत्री प्रशासकीय भवन शिलान्यास

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लिफ्टसहितको अपांगतामैत्री प्रशासकीय भवन शिलान्यास


    • आइतवार, मंसिर २८ २०७७

    • नेपाल वाइड


    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लिफ्टसहितको अपांगतामैत्री प्रशासकीय भवन शिलान्यास
    भवन शिलान्यास गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई 

            खोटाङ । मंसिर २८, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । आगामी ९ महिनाभित्र पुरा हुने तीन तले पक्की भवन आइतबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले शिलान्यास गरेका हुन् ।

          वर्ष दिनअघि मात्र प्रि–फ्याव भवन बनाएको गाउँपालिकाले सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयसँगको सहकार्यमा अर्को प्रशासकीय भवन निर्माण सुरु गरेको हो । गाउँपालिकाको ४० प्रतिशत र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको ६० प्रतिशत गरी ३ करोड ६४ लाख ६१ हजार ८१९ रुपैयाँको लागतमा पुरा गर्नेगरी रविना–अविसा जेभीले भवन निर्माणको काम सुरु गरेको हो ।

         आगामी चैत मसान्तसम्ममा पुरा गर्ने शर्तमा गत असार २९ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
    दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको याङ्सोलाटारस्थित गाउँपालिकाको केन्द्रमा प्रशासनिक भवन निर्माणका लागि लकडाउनकैबीचमा प्रकृया थालिएको थियो ।

         दिप्रुङमा सभाहल, कार्यपालिकाको बैठक कक्ष, न्यायीक समितिको इजलास, अध्यक्ष/उपाध्यक्षको कार्यकक्ष, प्रशासनिक फाँट, वडाध्यक्ष तथा उनका प्रतिनिधि बस्ने कक्ष, क्यान्टिन लगायतका संरचना भएको भवन निर्माण गर्न लागिएको हो ।

    Palika Bhaban.jpg

    शिलान्यास गरिएको पालिका भवनको नक्सा

         पक्की भवन निर्माणका लागि ८० लाख बिनियोजन गरेर डिपिआर तयार पारिसकेको अवस्थामा संघीय सरकारले स्थानीय तहको प्रशासनीक भवन निर्माणका लागि साझेदारी गर्नेगरी कार्यविधि बनाएपछि साझेदारी गरेरै भवन बनाउन लागिएको अध्यक्ष राईले बताए ।

         पक्की प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले गत जेठ ९ गते टेण्डर खुलाएको थियो । भवनको भुइँतला अपांगतामैत्री हुने छ भने माथिल्लो तला उक्लिनका लागि लिफ्ट समेत राखिने गाउँपालिकाले जनाएको छ । भवनको अगाडि सेवाग्राही बस्ने फ्रि–वाइफाई सहितको प्रतिक्षालय निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।

     

    सम्बन्धित समाचार