Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगाका सवै सरकारी कार्यालयमा ई–हाजिरी

    जन्तेढुंगाका सवै सरकारी कार्यालयमा ई–हाजिरी


    • आइतवार, मंसिर २८ २०७७

    • नेपाल वाइड


    जन्तेढुंगाका सवै सरकारी कार्यालयमा ई–हाजिरी
    जन्तेढुंगा गाउँपालिकाको कार्यालय

         खोटाङ । मंसिर २८, खोटाङको जन्तेढुंगा गाउँपालिकाका सवै सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ । कर्मचारीको उपस्थितिलाई नियमित र व्यवस्थित वनाउँदै प्रभावकारी सेवा प्रवाहका लागि गाउँपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य संस्था र बिद्यालयमा ई–हाजिरीको व्यवस्था मिलाएको हो ।

          कार्यालयीय सेवालाई चुस्तदुरुस्त बनाउनका लागि गाउँपालिकाका ६ वडामा ईन्टरनेटको विस्तारसँगै सवै सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए ।

        सुरुमा आफ्नै कार्यालयमा ई–हाजिरी कार्यान्वयन गरेको गाउँपालिकाले एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्यचौकी र ३६ वटा विद्यालयमा ई–हाजिरी जडान गरेको छ । कोभिड–१९ का कारण बिचैमा रोकिएको ई–हाजिरीको उपकरण जडानको काम अहिले पुरा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

        प्रविधिको प्रयोग मार्फत कर्मचारीलाई सेवाप्रति थप जिम्मेवारी बनाउने लक्ष्यकासाथ ई–हाजिरीको व्यवस्था गरिएको हो । यस अघिसम्म हाजिरी रजिष्टरमा कलमले हस्ताक्षर गरेर उपस्थिति जनाउँदै आएका कर्मचारीले ई–हाजिरीमार्फत उपस्थिति जनाउन थालेको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताए ।

         समयमा कार्यालय नआउने, समय अगावै घर फर्कने र अनुपस्थित भएका दिनको हाजिर गर्ने कर्मचारीलाई जवाफदेही बनाउन जिल्लाका बिभिन्न गाउँपालिकाले ई–हाजिरी सुरु गरिसकेका छन् ।

     

    सम्बन्धित समाचार