Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प

    मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प


    • सोमवार, मंसिर २९ २०७७

    • नेपाल वाइड


    मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प
    संयुक्त सुरक्षा बेस क्याम्प

          मोरङको मिक्लाजुङ गाउँपालिकामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना भएको छ । मिक्लाजुङ १ रमितेखोलामा बेस क्याम्प स्थापना भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

         विप्लव समूहले मिक्लाजुङमा एकजना शिक्षकको हत्या गरेपछि स्थानीयले सुरक्षा माग्दै बेस क्याम्प राख्न‌ आग्रह गरेका थिए । आइतबार ३६ जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरीको संयुक्त टोली मिक्लाजुङ पुगिसकेको छ । सुरक्षाकर्मी गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाले संयुक्त लगानीमा निर्माण गरेको भवनमा बस्ने बताइएको छ ।

       विप्लव समूहले मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई गत मंगलबार अपहरण गरी घाँटी रेटेर हत्या गरेका थिए ।

    सम्बन्धित समाचार