Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    माविमा ई–लाइब्रेरी स्थापना गरिँदै

    ऐसेलुखर्क गाउँपालिकाका विद्यालयहरुको कक्षा कोठालाई धुलौटो मुक्त बनाईदै

    ऐसेलुखर्क गाउँपालिकाका विद्यालयहरुको कक्षा कोठालाई धुलौटो मुक्त बनाईदै


    • सोमवार, मंसिर २९ २०७७

    • नेपाल वाइड


    ऐसेलुखर्क गाउँपालिकाका विद्यालयहरुको कक्षा कोठालाई धुलौटो मुक्त बनाईदै
    फायल तस्बिर

          खोटाङ । मंसिर २९, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले विद्यालयको कक्षा कोठालाई धुलौटो मुक्त बनाउने तयारी गरेको छ । गाउँपालिकाले ढुंगामाटोबाट बनाइएका विद्यालयका कक्षा कोठालाई प्लाष्टर गर्दै धुलो रहित बनाउने तयारी गरेको हो । चालु आर्थिक वर्षभित्र सवै ४३ वटा सामुदायीक विद्यालयका कच्ची भवनका धुलौटे कक्षा कोठालाई धुलोमुलो मुक्त बनाउने गरी काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

         कक्षा कोठालाई धुलौटोमुक्त बनाउनका लागि गाउँपालिकाले मंसिर २१ गते सामुदायीक विद्यालयलाई प्रस्ताव आव्हान गरेको छ । पठन–पाठनकाक्रममा छात्र/छात्राको शरीरमा धुलो र फोहोरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन कक्षालाई धुलो रहित बनाउने अभियान चलाइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिकामा २७ वटा प्रावि, ८ आधारभुत र ८ मावि छन् ।

         कक्षा कोठालाई धुलोमुक्त बनाउनका लागि भुइँमा र भित्तामा प्लाष्टर गरिने छन् । कक्षा कोठा प्लाष्टर गर्नका लागि लाग्ने अनुमानित रकम माग गरेका आधारमा आर्थिक सहयोग उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ । ‘कक्षामा फोहोरमैला नहोस्, विद्यार्थीको शरीरमा धुलो नलागोस् भन्ने हो । सफा कोठा भए पनि विद्यार्थीलाई मोटिभेसन गर्न पनि सहज हुन्छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘प्लाष्टर गरेको कक्षा कोठा चिसो हुन्छ तर धुलोभन्दा चिसो नै सही हुन्छ ।

         गत वर्ष केही विद्यालयको कक्षा धुलौटो रहित बनाएका थियौं । चालु आर्थिक वर्ष सबै कक्षालाई धुलो रहित बनाउने छौँ ।’ चालु आर्थिक वर्ष ३२ वटा विद्यालयको धुलौटे कक्षामा प्लाष्टर गर्ने/गराउने तयारी छ । यसका लागि विद्यालयलाई मंसिर ५ गतेभित्र प्रस्ताव पेश गर्न भनिएको गाउँपालिकाले जनाएको छ ।

       माविमा ई–लाइब्रेरी स्थापना गरिँदै

          यसैबीच, ऐसेलुखर्क गाउँपालिकाले सबै माबिमा ई–लाइब्रेरीको व्यवस्था गर्ने भएको छ । पुस्तकलाई व्यवस्थापन गर्न असहज हुने गरेको सन्दर्भमा गाउँपालिकाले ८ माविमा ३ हजार २ सय वटा पुस्तक भएको एक/एक वटा ई–लाइब्रेरी स्थापना गर्न लागेको हो ।

         ई–लाइब्रेरीमा विभिन्न कक्षाका पाठ्यापुस्तक, सन्दर्भ सामग्री देखि अन्य विषयका पुस्तकहरु राखिने गाउँपालिका अध्यक्ष निरौलाले बताए । ई–लाइब्रेरी स्थापनाका लागि गाउँपालिकाले साँढे चार लाख रकम विनियोजन गरेको छ ।

    सम्बन्धित समाचार