Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सर्लाही प्रहरीद्वारा चिनी उद्योगीविरुध्द पक्राउ पूर्जी जारी

    सर्लाही प्रहरीद्वारा चिनी उद्योगीविरुध्द पक्राउ पूर्जी जारी


    • बुधवार, पौष १ २०७७

    • नेपाल वाइड


    सर्लाही प्रहरीद्वारा चिनी उद्योगीविरुध्द पक्राउ पूर्जी जारी
    फायल तस्बिर

          काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उखु किसानको भुक्तानी दिने चिनी उद्योगीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्नपूर्ण तथा ईन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए । 

        उनकाअनुसार सर्लाहीमा उखु किसानले दिएको जाहेरीका आधारमा पक्राउ पूर्जी जारी भएको छ । रौतहटको प्रहरी कार्यालयले भने उखु किसानको जाहेरी नपरेकाले कारबाही अघि नबढाएको बताएको छ । त्यहाँका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कानुन बमोजिम कारबाहीका लागि पीडितको जाहेरी पर्नुपर्ने बताए । बुधबार दिउँसो बजेसम्म कुनै पनि उखु किसानले प्रहरी कार्यालयमा जाहेरी नदिएको उनले जानकारी दिए ।

        उनले भने, 'हामी त कानुन बमोजिम मुद्दा चलाउने तयारीमा छौं । तर त्यसका लागि पीडितको जाहेरी आवश्यक पर्ने भएकाले कारबाही अघि बढाइएको छैन । अघि केही किसान प्रतिनिधि आएर जाहेरी दिन्छौं भनेर जानुभएको छ । तर अहिलेसम्म जाहेरी दिइसक्नुभएको छैन ।'

        मंगलबार गृह मन्त्रालयले रौतहट, नवलपरासी र सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई चिनी उद्योगीलाई कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको थियो । गृह, कृषि र उद्योग मन्त्रालयको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । कार्यालयलाई उनीहरुलाई पक्राउ गरी उखु किसानको बक्यौता असुलउपर गर्ने  अधिकार छ ।

        अहिले मुलतस् चार उद्योगले उखु किसानको भुक्तानी दिन बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । बाँकी उद्योगहरुको पनि केही रकम बाँकी भएपनि किसानको खाता नपाएको भन्दै भुक्तानी हुन नसकेको उनीहरुको भनाइ छ । चार मध्ये सबैभन्दा धेरै श्रीराम मिलको बक्यौता छ । जो करिब ३ महिनाअघि बन्द भएको थियो । 

    अन्‍नपूर्ण सुगर मिलको २६ करोड रुपैयाँ बक्यौता छ । लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाख रुपैयाँ छ । त्यस्तै इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ बक्यौता रहेको मन्त्रालयले जानकारी दिएको छ । 

    सम्बन्धित समाचार