Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अब आफ्नै प्रशासनिक भवनमा

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अब आफ्नै प्रशासनिक भवनमा


    • बिहिवार, पौष २ २०७७

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अब आफ्नै प्रशासनिक भवनमा
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

        खोटाङ । पुस २, स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै भवन निर्माण गरेको छ । हालसम्म दिक्तेलबजारमा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको जग्गामा चार तले भवन निर्माण गरेको हो ।

        नगरपालिका र संघीय मामिला मन्त्रालयको गरी ८९ लाख ६१ हजार (भ्याट वाहेक) रुपैयामा निर्माण गरिएको सभाहल सहितको भवन बिहिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन् । उद्घाटनसँगै नगरपालिकाले आफ्नो नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

    Opaning.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नवनिर्मित भवनको रिवन काटेर उद्धघाटन गर्नुहुदै सांसद बिशाल भट्टराई

        तत्कालिन जिल्ला प्राविधिक कार्यालयको निर्माणाधिन भवनलाई नै नगरपालिकाले पूर्णता दिएर आफ्नो भवन बनाएको हो । १९ कोठा भएको भवन नगरपालिकाको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत लगानीमा निर्माण गरिएको हो । भवन निर्माण भइरहेको बेला राज्य पुःर्नसंरचनाकाक्रममा प्राविधिक कार्यालय हटेपछि नगरपालिकाले सोही भवनलाई आफ्नो भवनकारुपमा निर्माण गर्ने अनुमती पाएको हो ।

        संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, १ नम्बर प्रदेश सरकार, नगरसभा र कार्यपालिकाको निर्णय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिबाट भोगचलनको अधिकार प्राप्त भएपछि प्रशासनको जग्गामा भवन निर्माण गरिएको मेयर दिपनारायण रिजालले बताए । निर्माण कम्पनी शिबखिम्ती कन्ट्रक्सन प्रालीले सम्झौता मितिभन्दा दुई महिना अगाबै भवन निर्माण गरेर नगरपालिकालाई भवनको चाँवी हस्तान्तरण गरेको हो ।

    Chabi hastantantarn.jpg

    नवनिर्मित भवनको चाँवी हस्तान्तरण

        आफ्नो भवन नहुँदा नगरपालिकाले वार्षिक १६ लाख ८५ हजार रकम भाडामै खर्च गर्दैआएको थियो । नयाँ भवनबाट स्वास्थ्य शाखा बाहेकका सेवा प्रवाह हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको भवन आसपासमा छुट्टै १५ लाख खर्च गरेर सिँढि, सेवाग्राही बस्ने गोलाघर र दुई कोठे एक तले भवन निर्माण गरिएको छ ।

       तत्कालिन प्राविधिक कार्यालयको भवन निर्माणकैक्रममा सरकारको लाखौं रकम खर्च भइसकेको थियो । प्राविधिक कार्यालय हटाइएपछि जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना गरिएको छ ।

        नगरपालिकाको भवन उद्घाटनकाक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, सरस्वती बजिमय, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री, नगरपालिकाकी उपमेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार