Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रौतहटमा कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ

    रौतहटमा कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ


    • शुक्रवार, पौष ३ २०७७

    • नेपाल वाइड


    रौतहटमा कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ

         रौतहटमा कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । दुर्गा भगवती गाउँपालिका ५, झाजपुलबाट एकथान कटुवा पेस्तोल र थ्री नट थ्री राइफलको १ राउन्ड गोलीसहित यमुनामाई गाउँपालिका ४, बस्ने २५ वर्षीय दिलीप साहलाई प्रहरीले पक्राउ गरेको हो ।

        बीआर ३० एम ४८४१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक साहले कम्मरमा राखेको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।  

    सम्बन्धित समाचार