Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाका ९५० घर परिवारलाई खाद्यान्न

    हलेसी तुवाचुङ नगरपालिकाका ९५० घर परिवारलाई खाद्यान्न


    • शुक्रवार, पौष ३ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाका ९५० घर परिवारलाई खाद्यान्न
    वौद्ध महायान केन्द्रले उपलव्ध गराएको खाद्यान्न लिन भेला भएका बाहुनीडाँडाका स्थानीय

          खोटाङ । पुस ३, नेपाल वौद्ध महायान केन्द्र गोन्पाले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ९५० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोभिड–१९ को महामारीमा परेका स्थानीयलाई लक्ष्यीत गर्दै नेपाल वौद्ध महायान केन्द्रले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ५२० घर परिवार र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४३० परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

        बिहिबार डिकुवाका स्थानीयलाई चामल, तेल र नुन प्रदान गरेको वौद्ध महायान केन्द्रले शुक्रबार बाहुनीडाँडामा पुगेर सोही किसिम र मात्राको खाद्यान्न प्रदान गरेको हो । कोभिड–१९ को महामारीमा परेका स्थानीयलाई लक्ष्यीत गर्दै नेपाल वौद्ध महायान केन्द्रले प्रतिपरिवार ३० केजी एप्पल चामल, दुई पोका तेल र एक पोका आयोडिन नुन वितरण गरेको जनाएको छ ।

       केन्द्रकातर्फबाट डिकुवा र बाहुनीडाँडा पुगेर खाद्यान्न गुम्बा विकास समितिका अध्यक्ष जिकडोल लामा, मेयर इवन राई र उपमेयर बिमला राईले स्थानीयलाई चामल, नुन र तेल हस्तान्तरण गरेका थिए ।

      कपन गुम्बाका प्रमुख जोपा लामाको सहयोगमा नेपाल वौद्ध महायान केन्द्र गोन्पाले स्थानीयलाई खाद्यान्न वितरण गरेको जनाइएको छ । प्राप्त भएको खाद्यान्न कर्मचारी र जनप्रतिनिधि भएका घर बाहेक अन्य परिवारलाई मात्र वितरण गरिएको हो ।

     

    सम्बन्धित समाचार