Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेलामा मुन्दुम पदमार्ग निर्माणको काम सुरु

    साकेलामा मुन्दुम पदमार्ग निर्माणको काम सुरु


    • शुक्रवार, पौष ३ २०७७

    • नेपाल वाइड


    साकेलामा मुन्दुम पदमार्ग निर्माणको काम सुरु
    मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजना शिलान्यास गर्दै प्रदेशसभा सांसद रामकुमार राई लगायत

        खोटाङ । पुस ३, खोटाङको साकेला गाउँपालिकामा मुन्दुम ट्रेल (पदमार्ग) निर्माणको काम सुरु गरिएको छ । पुर्वका चार पहाडी जिल्लाको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको स्टार्टिङ प्वइन्टका रुपमा रहेको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको चखेवाभञ्ज्याङसम्मको १० किलोमिटर दुरीको पदमार्ग निर्माणको काम सुरु गरिएको हो ।

        आगामी २०७८ साल बैसाख ३० गते सम्पन्न गर्ने सम्झौता गरिएको मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजना शुक्रबार प्रदेशसभा सांसद रामकुमार राईले शिलान्यास गरेका छन् । पर्यटन प्रवद्र्धनका लागि खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङबाट मैयूडाँडा, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा हुँदै साल्पापोखरी पुग्ने ६० किलोमिटर दुरीको मुन्दुम पदमार्ग अन्तरगत साकेला गाउँपालिकाभित्र पर्ने खण्डको काम सुरु गरिएको हो ।

         स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकार विकास सहयोगको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ रुपैयाँमा पुरा गर्ने गरी गाउँपालिकाभित्र पर्ने मुन्दुम पदमार्गको काम सुरु गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । मुन्दुम पदमार्गको साकेला गाउँपालिकाभित्र पर्ने खण्डको कामका लागि गत मंसिर ३० गते उपभोक्ता समितिसँग सम्झौता गरिएको हो । मुन्दुम पदमार्गका कारण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दावी गरिएको छ ।

    m1.jpg

    मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजना शिलान्यास कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई, पालिका अध्यक्ष अर्जुन खड्का झंकारलगायत

          मुन्दुम पदमार्गको तावाभञ्ज्याङ–चखेवाभञ्ज्याङ खण्डमा पदमार्गको नयाँ ट्र्याक खोल्ने, पदमार्ग चौडा गर्ने, सुक्खा ढुंगाको सिँढि निर्माण गर्ने, सोलिङ गर्ने, जालीको सिँढी निर्माण गर्ने, पदयात्री बिश्राम गर्ने चौतारो निर्माण गर्ने, जानकारीमुलक सूचनापार्टी राख्ने लगायतका काम गरिने मुन्दुम पदमार्ग निर्माण तथा व्यवस्थापन समितिले जनाएको छ ।

         चखेवाभञ्ज्याङभन्दा माथि केपिलासगढी गाउँपालिकाको सिमानासम्मको मुन्दुम पदमार्ग निर्माणको काम भोजपुरको टेम्केमैयूं गाउँपालिकाले गर्ने मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजना संयोजक हिराबाबु थापाले बताए । साकेला गाउँपालिका–३ खिदिमाको तावाभञ्जयाङ आसपासमा चिया रोप्ने तयारी गरिएको छ ।

         प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रुपान्तरण कार्यक्रम अन्तरगत तावाभञ्जयाङ आसपासमा चिया रोप्ने तयारी गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हाल बेरोजगारको सूची दर्ता भइरहेको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार