Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अन्तर्राष्ट्रिय कामदार दिवस

    आप्रवासी कामदारको सम्मानमा दिप प्रज्वलन

    आप्रवासी कामदारको सम्मानमा दिप प्रज्वलन


    • शनिवार, पौष ४ २०७७

    • नेपाल वाइड


    आप्रवासी कामदारको सम्मानमा दिप प्रज्वलन
    आप्रवासी कामदारको सम्मानमा दिप प्रज्वलन गरिँदै

         खोटाङ । पुस ३, आप्रवासी कामदारको योगदान र त्यागको सम्मानमा खोटाङमा दिप प्रज्वलन गरिएको छ । रोजगारीका सिलसिलामा बिश्वका विभिन्न देशमा पुगेर रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्र मजुवद बनाउन पुर्‍याएको योगदान र त्यागको सम्मानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा शुक्रबार साँझ एकैसाथ दिप प्रज्वलन गरिएको हो । ‘अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस डिसेम्बर १८’को अवशर पारेर आप्रवासी कामदारको सम्झनामा सामुहिक दिप प्रज्वलन गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।

         अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस डिसेम्बर १८’ लेखिएको जमिनमा परियोजनामा सम्वद्ध प्रतिनिधि एबं स्थानीयले आप्रबासी कामदारको सम्मान एबं वैदेसिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन गरेका छन् ।

        सम्वन्धित स्थानीय सरकारको नेतृत्वमा बालसेवा समाजले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा आप्रवासी कामदारलाई सम्झना गरिएको हो । आप्रवासी कामदारका परिवारसँग ‘विप्रेषणको सदुपयोग र व्यवस्थापनमा परिवारको भुमिका तथा स्थानिय सरकारको दायित्व’का विषयमा छलफल गरेपछि साँझमा सामुहिक दिप प्रज्वलन गरिएको हो ।

           मनाइए अन्तर्राष्ट्रिय कामदार दिवस

          खोटाङमा वैदेसिक रोजगारीमा संलग्न आप्रवासी कामदारका परिवारसँग छलफल र अन्तरक्रीया गर्दै अन्तर्राष्ट्रिय कामदार दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीका परिवारसँग स्थानिय सरकार, रेमिट्यान्सको सदुपयोग र व्यवस्थापन सम्बन्धी छलफल एवं अनुगमन गरी दिवस मनाइएको हो । बालसेवा समाज नेपालको आयोजना, क्रिस्चियन एड र मानव अधिकार आयोगसँगको सहकार्यमा विविध कार्यक्रम गर्दै दिवस मनाइएको हो ।

    Prgram.jpg

    कार्यक्रमका विषषयमा बोल्नुहुदै नगर प्रमुख दिपनारायण रिजाल

          बुईपामा आयोजित कार्यक्रममा बालसेवा समाज नेपाल अन्तर्गत सञ्चालित क्रिस्चियनएडका कार्यक्रम, सामी परियोजना अन्तर्गत सञ्चालित कार्यक्रम, रेमिट्यान्स सदुपयोगमा परियोजनाले संचालन गरेका प्रयास, वैदेशिक रोजगारको वर्तमान स्थिति र कोभिड–१९ का कारण वैदेशिक रोजगारमा परेको प्रभावका बारेमा प्रस्तुती गर्दै अन्तरक्रिया गरिएको थियो । बुईपामा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, वडाध्यक्ष दिनेश राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार