शनिवार, पौष ४ २०७७
नेपाल वाइड
खोटाङ । पुस ४, खोटाङका घनश्याम ढकाल प्रदेश युबा क्लब सञ्जालको अध्यक्ष चुनिएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद संघीय युवा क्लव सञ्जालको निर्णय अनुशार ढकाल प्रदेश युबा क्लब सञ्जालको अध्यक्षमा चुनिएका हुन् ।
प्रदेश युवा क्लव सञ्जाललाई पूर्णता दिँदै क्रियासिल बनाउनु पर्ने निर्देशन अनुशार ढकालको अध्यक्षतामा ११ सदस्यीय प्रदेश नम्बर १ स्तरिय युवा क्लव सञ्जाल गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा ओखलढुंगाका टुकादेबी दाहाल सिमा, सचिवमा धनकुटाका युवा तिमल्सिना, सह–सचिवमा संखुवासभाका संजय ओझा र कोषाध्यक्षमा मोरङको सञ्जु सापकोटा चयन भएका छन् ।
१० बर्षको उमेरदेखि बाल क्लबको सदस्य, अध्यक्ष हुँदै हाल विद्यार्थी राजनितिमा क्रियासिल ढकाल प्रदेश युबा क्लब सञ्जालका अध्यक्ष बन्न सफल भएका हुन् । उनी २०७७ का संघिय युवा संसद पनि हुन् ।