Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    गाउँपालिका प्रहरी

    गाउँपालिकामा प्रहरी हुने रहर (फोटो फिचर)

    गाउँपालिकामा प्रहरी हुने रहर (फोटो फिचर)


    • शनिवार, पौष ४ २०७७

    • नेपाल वाइड


    गाउँपालिकामा प्रहरी हुने रहर (फोटो फिचर)
    गाउँपालिकामा प्रहरी भर्नाका लागि छनौट प्रक्रियामा सहभागी हुदै एक युवा

        खोटाङ । पुस ४– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्नाका लागि छनौट परिक्षा सुरु गरेको छ । एक जना गाउँपालिका हवल्दार र चार जना गाउँपालिका प्रहरी जवान भर्नाका लागि गाउँपालिकाले शनिबारदेखि छनौट परिक्षा सुरु गरेको हो ।

    selection of police at diprung1.jpg

    गाउँपालिका प्रहरी भर्नाका लागि छनौट परिक्षा दिन भेला भएका युवायुवती

        हवल्दारका लागि गाउँपालिकाभित्रका १० युवाको आवेदन परेकामा दुई जना अनुपस्थित भएका छन् भने प्रहरी जवानका लागि ४५ जनाको आवेदन परेकामा २९ जना मात्र छनौट परिक्षामा सामेल भएका छन् । प्रहरी जवानतर्फ १६ जना आवेदक अनुपस्थित भएको गाउँपालिकाका आइटी अफिसर मनिचन्द्र राईले बताए ।

    selection of police at diprung2.jpg

    गाउँपालिका प्रहरी भर्नाका लागि छनौट परिक्षा दिन भेला भएका युवायुवती

        तीन दिनसम्म सञ्चालन हुने परिक्षाको पहिलो दिन आवेदकको बेयरिङ चेक (उचाई, तौल, छाती नाप जाँच) तथा फिजिकल फिटनेसका लागि फ्रि–मेडिकल चेक गरिएको छ । छनौट चरणमा उचाई नपुग्दा प्रहरी जवानतर्फका एक जना आवेदक बाहिरिएका छन् ।

    selection of police at diprung3.jpg

      गाउँपालिका प्रहरी भर्नाका लागि छनौट परिक्षा दिन भेला भएका युवायुवती

       गाउँपालिका प्रहरीका लागि तीन युवतीको आवेदन गरेको छ । एक युवतीले हवल्दार र प्रहरी जवान दुबै पदका लागि आवेदन दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शान्ति–सुरक्षा एबं दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्ने गरी अस्थायी (करार) गाउँपालिका प्रहरी भर्नाको तयारी गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    selection of police at diprung.jpg

    गाउँपालिका प्रहरी भर्नाका लागि छनौट परिक्षा दिन भेला भएका युवायुवती

    सम्बन्धित समाचार