Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङमा माटो परिक्षण शिबिर, तीन सय नमूना परिक्षण

    दिप्रुङमा माटो परिक्षण शिबिर, तीन सय नमूना परिक्षण


    • सोमवार, पौष ६ २०७७

    • नेपाल वाइड


    दिप्रुङमा माटो परिक्षण शिबिर, तीन सय नमूना परिक्षण
    माटो परिक्षण शिबिरमा बोल्दै गाँउपालिका उपाध्यक्ष सपना राई

         खोटाङ । पुस ६, माटो सुहाउँदो खेतीपातीका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले माटो परिक्षण शिबिर सञ्चालन गरेको छ । गाउँपालिकाभित्रका विभिन्न ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनाली लगाउने व्यवस्थाका लागि सोमबार गाउँपालिका स्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको हो ।

    soil testing 2.jpg

      माटो परिक्षण शिबिरमा सहभागी कृषकहरु

     गाउँपालिकाकी उपाध्यक्ष सपना राईले उद्घाटन गरेको माटो परिक्षण शिविरमा ७ वडाका किसानले ल्याएका माटोको तीन सय नमूना परिक्षण गरिएको छ । माटोमा भएका अम्लियपन र छारियपनमा सुधार गरी उर्वराशक्ती बढाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षको कृषि सम्वन्धी कार्यक्रम कार्यान्वयन गर्नु पुर्व माटो परिक्षण गरेको हो ।

    testing photo.jpg

    माटो परिक्षण गरिदै

         विभिन्न ठाउँका माटोमा भएका खाद्य तत्वको मात्राका बारेमा जानकारी लिएर सोही अनुशारको कृषि व्यवसाय सञ्चालनका लागि माटो परिक्षण गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । १ नम्बर प्रदेश माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिबिरमा माटोमा भएको नाईट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थ एवं माटोको पिएच मापन गरिएको छ । ‘माटो परिक्षण नगरी वालीनाली लगाउँदा बिचमा समस्या आउँदो रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘कुन माटोमा कुन जातको फलफुल, तरकारी वा अन्नवाली उत्पादन हुन्छ भन्ने जान्नका लागि माटो परिक्षण आवश्यक देखिएको हो ।’

    soil t 3.jpg

    माटो परिक्षण गर्दै प्राविधिकहरुलगायत

    सम्बन्धित समाचार