Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मोटरसाईकल दुर्घटनामा मालपोतका नासु हरिलाल राईको मृत्यु

    मोटरसाईकल दुर्घटनामा मालपोतका नासु हरिलाल राईको मृत्यु


    • बुधवार, पौष ८ २०७७

    • नेपाल वाइड


    मोटरसाईकल दुर्घटनामा मालपोतका नासु हरिलाल राईको मृत्यु
    मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका नासु स्व.हरिलाल राई

        खोटाङ । पुस ८, मोटरसाईकल दुर्घटनामा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु हरिलाल राईको मृत्यु भएको छ । बुधबार साँझ लहानमा काठ्माण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बसको ठक्करबाट नासु राईको मृत्यु भएको हो ।

       बसको ठक्करबाट राईसँगै यात्रा गरिरहेका अर्का एक जना घाईते भएको बताइएको छ । कामका सिलसिलामा उदयपुरको गाईघाट हुँदै लहान पुगेकोबेला नासु राई दुर्घटनामा परेका हुन् ।

       नेपाल निजामती कर्मचारी संगठनका सदस्य रहेका राईको मृत्युमा नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष मोहन भट्टराईले दुःख व्यक्त गरेका छन् । नासु राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी हुन् ।

     

    सम्बन्धित समाचार