Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चिनियाँ अर्थतन्त्रले आउने ८ वर्षमै अमेरिकालाई उछिन्ने

    चिनियाँ अर्थतन्त्रले आउने ८ वर्षमै अमेरिकालाई उछिन्ने


    • आइतवार, पौष १२ २०७७

    • नेपाल वाइड


    चिनियाँ अर्थतन्त्रले आउने ८ वर्षमै अमेरिकालाई उछिन्ने

         चीनले २०२८ मै अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने नयाँ रिपोर्टले जनाएको छ जुन यसअघिको पूर्वानुमानभन्दा पाँचवर्ष छिटो हो । बेलायतमा आधारित ‘सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च’, सीइबीआरका अनुसार चीनको सुझबुझपूर्ण कोभिड–१९ व्यवस्थापनका कारण यसको तुलनात्मक आर्थिक वृद्धि आगामी वर्षहरुमा युरोप र अमेरिकाभन्दा ठूलो स्तरमा हुने निश्चित छ ।

         त्यस्तै भारत चाहिँ २०३० मा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने तरखरमा छ । सीइबीआरले हरेक वर्ष डिसेम्बरमा विश्व आर्थिक लिगको सूची सार्वजानिक गर्ने गरेको छ ।  

         यसरी कोभिडबाट प्रभावित हुने पहिलो देश भए पनि चीनले कडा नीति नियम र व्यवस्थापनमार्फत रोगलाई छोटो समयमै नियन्त्रणमा ल्यायो र युरोपेली मुलुकहरुले अहिले अपनाए जसरी चीनले दोस्रोपटक लकडाउनको तरिका प्रयोग गर्नु परेन । 

       नतिजास्वरुप अन्य प्रमुख अर्थतन्त्र भन्दा विपरीत, चीन २०२० मा आर्थिक मन्दीबाट जोगिन सफल भयो । बरु यस वर्ष पनि चिनियाँ अर्थतन्त्रमा २ प्रतिशत वृद्धि देख्न सकिने अनुमान रहेको छ । अर्कोतर्फ अमेरिकी अर्थतन्त्र चाहिँ विश्वकै सबैभन्दा खराब कोरोना प्रकोपबाट नराम्ररी क्षति पुगिरहेको छ । 

       सङ्ख्याका आधारमा अमेरिकामा  विश्वकै सबैभन्दा बढी संक्रमित छन् भने मृत्यु हुनेको सङ्ख्या पनि उच्च रहेको छ । आर्थिक नोक्सानीलाई मौद्रिक नीति र ठुल्ठुला प्याकेजले केही राहत दिलाउने प्रयास भए पनि अझै यसका कारण १ करोड ४० लाख अमेरिकीहरु यस वर्ष बेरोजगार भत्ता विहिन हुनेछन् । 

       सीइबीआर रिपोर्टमा भनिएको छ, “केही समयका लागि विश्वव्यापी अर्थतन्त्र र प्रभावशाली शक्ति बन्नेमा चीन र अमेरिकाबीच संघर्ष चलिरहको थियो । तर २०२० मा कोरोना महामारीले विश्वभर पुर्याएको आर्थिक क्षतिले अहिले चीनको पक्षमा काम गर्ने भयो । ” 

       रिपोर्टमा उल्लेख गरिए अनुसार प्यान्डेमिकपछिको अर्थतन्त्रमा अमेरिकाले २०२२–२४ बीच १.९ प्रतिशतको वार्षिक वृद्धि हुनेछ र त्यसपछिका वर्षहरुमा घटेर १.६ प्रतिशत पुग्नेछ । उता चीनको अर्थतन्त्र चाहिँ २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने अनुमान छ । 

       विश्व अर्थतन्त्रमा चीनको हिस्सा सन् २००० मा ३.६ प्रतिशतबाट बढेर अहिले १७.८ प्रतिशत पुगिसकेको छ । यस्तोमा अबको तीन वर्षमै चीन उच्च आयदरयुक्त अर्थतन्त्र बन्ने रिपोर्टले उल्लेख गरेको छ । तर अझैपनि औसतमा चनियाँ नागरिकहरु अमेरिकीहरुको तुलनामा वित्तिय स्तरमा विपन्न नै रहने बताइएको छ किनकि चीनको जनसङ्ख्या अमेरिका भन्दा चार गुणा ठूलो छ । 

       यसअघिको आर्थिक पूर्वानुमान अनुसार भारतले २०१९ मै पाचौँ ठूलो अर्थतन्त्रका रुपमा बेलायतलाई प्रतिस्थापन गरेको थियो तर महामारीका कारण अबको यात्रामा यो केही पछि पर्ने देखिएको छ र सीइबीआरका अनुसार २०२४ मा मात्र फेरि बेलायतको स्थान हासिल गर्न सक्नेछ । त्यस्तै जर्मनीलाई उछिन्न भारतलाई २०२७ सम्म लाग्ने बताइएको छ भने २०३० मा चाहिँ यसले जापानलाई पनि हराएर तेस्रो ठूलो आर्थिक शक्ति बन्नेछ । बीबीसी ।

    सम्बन्धित समाचार