आइतवार, पौष १२ २०७७
नेपाल वाइड
खोटाङ । विक्तीय साक्षरता कक्षा लिएका खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका महिलालाई प्लाष्टिक टनेल वितरण गरिएको छ । बैदेसिक रोजगारमा संलग्न घर परिवारका १५ जना महिलालाई २० हप्ताको वित्तीय साक्षरता कक्षा लिएपछि जनही एकरएक वटाका दरले प्लाष्टिक टनेल प्रदान गरिएको हो ।
बालसेवा समाजमार्फत सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा भएको कक्षा लिएका महिलालाई तरकारी खेतीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्लाष्टिक टनेल प्रदान गरेको हो । प्लाष्टिक टनेल बुईपाका वडाध्यक्ष दिनेश राईले महिलालाई हस्तान्तरण गरेका छन् ।
वैदेसिक रोजगारमा संलग्न घर परिवारका महिलालाई वित्तीय साक्षरता कक्षा लिएसँगै उनीहरुकै मागका आधारमा प्लाष्टिक टनेल प्रदान गरिएको सुरक्षित आप्रवासन परियोजना ९सामी०का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । महिलालाई टनेल घर निर्माण एबं तरकारी उत्पादनका लागि अपनाउनु पर्ने उपाय र सावधानीका बारेमा अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर प्लाष्टिक टनेल वितरण गरिएको हो ।
वित्तीय साक्षरता कक्षामा सहभागी अन्य महिलालाई नगरपालिकाले अर्को चरणमा बाख्रापालन, कुखुरा पालन र बंगुरपालनमा सहयोग गर्ने जनाइएको छ । वैदेसिक रोजगारीबाट भित्रिने विप्रेषणलाई बचत गर्दै उत्पादनमुलक क्षेत्रमा खर्च गरेर दिगो आम्दानीको श्रोतकारुपमा सदुपयोग गर्ने क्षमता अभिबृद्धिका लागि बुईपामा वित्तीय साक्षरता सञ्चालन गरिएको हो ।
वित्तीय साक्षरता कक्षामा सहभागीलाई विप्रेषण सदुपयोग र व्यवस्थापनका लागि व्यवहारिक ज्ञान भएको वित्तिय साक्षरता कक्षा सम्बन्धी पाठ्यापुस्तक, दैनिक हिसाब–किताबको लेखाजोखा राख्नका लागि पासबुक वितरण गरिएको छ । वैदेसिक रोजगारीकाक्रममा निम्तिने मानसिक समस्या हल गर्नका लागि सहभागीलाई चार हप्ताको मनोसामाजिक परामर्श पनि प्रदान गरिएको छ ।