Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाथीभरा क्षेत्रमा लागेको डढेलो कारण दुर्लभ वन्यजन्तु रेडपाण्डा संकटमा

    पाथीभरा क्षेत्रमा लागेको डढेलो कारण दुर्लभ वन्यजन्तु रेडपाण्डा संकटमा


    • बुधवार, पौष १५ २०७७

    • नेपाल वाइड


    पाथीभरा क्षेत्रमा लागेको डढेलो कारण दुर्लभ वन्यजन्तु रेडपाण्डा संकटमा

        ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा सात दिनदेखि लागेको डढेलो नियन्त्रणमा नआउँदा दुर्लभ वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) संकटमा परेको छ । डढेलोले रेडपाण्डाको चरन तथा बासस्थान खरानी बनाएको छ । धेरै रेडपाण्डा मरेको हुनसक्ने भए पनि अनुगमनमा जान नसकिएको संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।

         पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान छ । ती बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईले बताए ।

        पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र नष्ट गर्छ आकलन गर्न नसकिने शेर्पाले बताए ।

       डढेलोले पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए । 

       हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेको भनाइ छ । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए । रासस 

    सम्बन्धित समाचार