Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङ ईन्द्रेणीपोखरी वडा कार्यालयको नव निर्मित भवन उद्घाटन

    खोटेहाङ ईन्द्रेणीपोखरी वडा कार्यालयको नव निर्मित भवन उद्घाटन


    • बुधवार, पौष १५ २०७७

    • नेपाल वाइड


    खोटेहाङ ईन्द्रेणीपोखरी वडा कार्यालयको नव निर्मित भवन उद्घाटन
    वडा कार्यालय ईन्द्रेणीपोखरीको भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई लगायत। तस्बिर : नेपाल वाइड डटकम

          खोटाङ । पुस १५, खोटाङको खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको ३८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको नवनिर्मित वडा कार्यालयको भवन बुधबार गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका हुन् ।

          गाउँपालिकाका सबै वडामा एकै किसिमका पक्की भवन निर्माण गर्ने अभियान अन्तरगत ईन्द्रेणीपोखरी वडा कार्यालयको एक तले पक्की भवन निर्माण गरिएको हो । सभाहल, वडाध्यक्षको कार्यकक्ष, कर्मचारी कक्ष, दुई कोठे शौचालय लगायतका संरचना सहितको नयाँ भवन निर्माण गरिएपछि दैनिक सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष देबिन्द्र राईले बताए ।

         हालसम्म पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालयले नवनिर्मित भवनबाटै सेवा प्रवाह सुरु गरेको जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा टेण्डर खुलाएर निर्माण गरिएको नवनिर्मित भवन अपांग र अशक्तमैत्री बनाइएको वडाध्यक्ष राईले बताए । भवन उद्घाटनकाक्रममा गाउँपालिकाका उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, प्रहरी निरिक्षक सुमित कुसवाह, वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

       वडाको भवन उद्घाटनकाक्रममा साकेला, धामी नाचका साथमा स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए । खोटेहाङ गाउँपालिकाका ९ वडामध्ये अव खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी वडा कार्यालयको भवन मात्र उद्घाटन गर्न बाँकी छ । लिकुवापोखरी वडा कार्यालयको भवन पनि निर्माण भइसकेकाले केही समयपछि उद्घाटन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

         गाउँपालिकाले आर्थिक २०७४/०७५ बाट पुरानो भवन वा भाडाको कोठाबाट सञ्चालन भइरहेका वडा कार्यालयका लागि एकै डिजाईनका भवन निर्माणको काम सुरु गरेको हो ।

    jhaki photo.jpg

    वडा कार्यालयको नवनिर्मित भवन उद्धघाटन कार्यक्रममा झाँकीसहित उपश्थित भएका पालिकाबासी । तस्बिर : नेपाल वाइड डटकम

    सम्बन्धित समाचार